मुग्लिन सडकमुनिबाट वन्यजन्तु हिँड्ने बाटो

चितवन, २ जेठ । विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । 

आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो अण्डरपास निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ । 

उनका अनुसार भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ । जसबाट वन्यजन्तु वारपार गर्न सक्नेछन् । सडकमा वन्यजन्तु आउने र दुर्घटना हुने भएकाले अण्डरपास निर्माण गरिएको हो । 

ती अण्डरपासमा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरिएको छ । सिसी क्यामरामा चितुवा, बँदेल, मृग, जंगली बिरालो लगायतका साना जनावर वारपार गरेको देखिएको भए पनि हात्ती, गैँंडाजस्ता ठूला जनावर वारपार गरेको भने भेटिएको छैन । सोही क्षेत्रमा एक किलोमिटर तीनसय मिटर सडक क्षेत्रमा तारबार गरिँंदै छ, जसका कारण जनावरले जथाभावी सडक पार नगरी अण्डरपास प्रयोग गरुन र दुर्घटना नहोस् भन्नका लागि तारबार गरिएको विज्ञ पाठकले बताए। 

यस्तै सोही क्षेत्रमा चार ठाउँमा जंगली जनावरलाई लक्षित गरी पोखरी खनिएको उनले जानकारी दिए। समिढाप, साउनेपानी, ढ्याङ्ग्रेखोलामा पोखरी खनिसकिएको छ भने जलदेवीमा खन्ने तयारीमा रहेको छ । वन्यजन्तुले पानी पिउन र पौडी खेल्न सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरी खनिएको उनले बताए। 

आयोजनाले सडक क्षेत्रमा काटिएका रुखको क्षतिपूर्ति बापत पदमपुर सामुदायीक वनमा पाँच हेक्टर जमिनमा आठ हजार बिरुवा लगाएको जनाएको छ । विज्ञ पाठकका अनुसार एक रुख काटिएबापत २५ बिरुवा लगाउनुपर्ने हुन्छ । सोही अनुरुप टाँकी, बकाइनो, रक्तचन्दन लगायतका बिरुवा रोपिएको  छ । 

विश्व बैंकको सहयोगमा सडक विस्तार भइरहेकाले यसबाट वातावरणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले विशेष ध्यान दिने गरिन्छ । नारायणगढ–मुग्लिन सडकको आँपटारीदेखि भतेरीसम्म दुबैतर्फ वन रहेको छ । ती क्षेत्रमा रहेका वन्यजन्तु प्रभावित नहुन भन्नका लागि आयोजनाले विशेष ध्यान पु¥याउँदै आएको छ । रासस 

 पचास रोपनी जग्गा दान

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।  सरसिउला भन्ने ठाउँमा

नूरप्रसादले इजलाशमा कुर्सीको झटारो हान्नुको यस्तो छ कारण

काठमाडौं, ९ असोज । आइतबार उच्च अदालत पाटनमा करिब डेढ बर्ष भन्दा बढि चलेको जग्गा सम्बन्धी मुद्दामा न्यायाधीशले सुरु अदालतको निर्णय नै सदर गर्ने निर्णय

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम, ९ असोज । प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित

 ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु

दमौली, ९ असोज । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ