सन्दीप लामिछानेले लर्ड्समा विश्व ११ को लागि खेल्ने

काठमाडौं २ जेठ । लन्डनको लर्ड्स क्रिकेट मैदानमा मे महिनाको ३१ तारिखमा आयोजना हुने विश्व ११ र आईसीसी विश्व ११ बिचको २० ओभरको खेलको लागि नेपालका स्टार सन्दीप लामिछानेले विश्व ११ टोलीको लागि खेल्ने भएका छन् ।

अघिल्लो वर्षको हर्रिकेन आँधीले ध्वस्त भएको क्यारेबियन स्टेडियमलाई पुनः निर्माण गर्नको लागि यो च्यारिटी खेल खेलिन लागेको हो ।

सन्दीपले खेल्ने विश्व ११ को टोलीको कप्तानी ओइन मोर्गेनले गर्नेछन् । यि दुई बाहेक शाहिद अफ्रिदी, तामिम इक्बाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याकलेनागेन, शोयब मल्लीक, हार्दीक पाण्डेय, थिसारा परेरा र लुक रोन्ची विश्व ११ टिममा छन् । 

लामिछानेले शनिबार आईपीएल खेलमा डेब्यु गरि सफलता पूर्वक बलिङ गर्दा विश्व क्रिकेटको नजरमा पुनः परेका थिए । यो टोलीमा समावेश हुनुमा सो खेलको पनि हात हुन सक्ने विश्वास गरिएको छ । 

आईसीसीको विश्व ११ टिममा परेका लामिछाने भन्छन्, ‘वेष्ट इन्डीज विरुद्धको खेलको लागि चुनिनु आफैमा मेरो ठुलो सम्मान हो, यो मेरो मात्र होइन सम्पूर्ण नेपाल क्रिकेट र यसका समर्थकको पनि सम्मान हो र यो हामीले विश्व क्रिकेटमा राम्रो छाप छोडिरहेको भन्ने कुराको प्रमाण पनि हो ।’
उनि थप्छन् , ‘क्रिकेटको जननी भुमि लर्डस्मा खेल्न पाउनु हरेक क्रिकेटरको सपना हो । सन् २०१६ मा त्यहि ग्राउन्डमा खेल्न पाउनु मेरो जिवनको सम्झनयोग्य क्षण हो र फेरी त्यहि क्षण अर्को महिना पुनः महसुस गर्न पाउँदैछु । म आश गर्छु कि भविष्यमा पनि यस्ता सिक्ने र खेल सुधार गर्ने मौकाहरु पाइराख्नेछु । ’

सन्दीपले आईपीएलको समाप्ती पछि वेष्ट इन्डीजको टि–२० लिग क्यारेबियन प्रिमियर लिगमा क्रिश गेलको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सको लागि पनि खेल्नेछन् । 
 

६ क्लबमा राष्ट्रिय खेलाडि, विमलले थ्रिस्टार र च्यासल मध्ये एक छान्ने

काठमाडौँ, ८ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका

नेपालले बङ्गबन्धु कप खेल्ने पक्का, पहिलो खेल ताजाकिस्तानसँग

काठमाडौँ, ८ असोज । यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ

 म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

काठमाडौं । एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी

बैतडीमा घरेलु क्रिकेट कार्तिक ८ देखि

बैतडी, ७ असोज । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल)