एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ


बनियानी, झापा, २ जेठ । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । झापाका गणेश पराजुलीले उन्नत जातको बाख्रा बोयर पालेका छन् । उनले हालसालै  २२ महिनाको १३२ केजी बोयर बाख्रा रु चारलाख ६५ हजारमा बिक्री गरेको बताए ।


हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उनले बताए । एक करोड २० लाख ९० हजार लगानी गरिसकेको जानकारी पनि दिएका छन् ।

“अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, पराजुली भन्छन् “सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउनुहुन्छ ।” स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर मेहनत गरे असम्भव केही नभएको उनि बताउँछन् ।

“मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ” उनि भन्छन्, “बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।”

बोयर जातको बाख्राले दुई वर्षमा तीन पटक पाठापाठी ब्याउने गरेको छ । “हरेक पटक जुम्ल्याहा पाठापाठी दिन्छ” उनले भने।

पशु आहारका लागि व्यक्तिगत एक बिगाह र भाडामा तीन बिगाह जग्गा लिइ काम गर्ने गरेकोमा उनको फर्ममा दुईजनाले रोजगारीसमेत पाएका छन् । राससका लागि सन्तोष शर्माको रिपोर्ट

 

दशैँमा घर जान टिकट लिनेको घुइँचो

काठमाडौँ, ९ असोज । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित

अब विनाधितो सात प्रकारको सहुलियत कर्जा पाइने

काठमाडौं । सरकारले हरेक जात, जाति र समुदायको व्यावसायिकता प्रवद्र्धनका लागि सहुलियत व्याजदरका साथै विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । सरकारले

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको माग

युरोप तथा अमेरिका र क्यानडामा 'डग च्यु'का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको

 सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सहकार्य सम्झौता

काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस