चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित चिनिया पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो। जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनिया पक्षलाई दिने सरकारको योजना छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशीको नेतृत्वको टोलीले नुवाकोट र तनहुँमा स्थलगत अध्ययन सकेको छ भने ललितपुरको छम्पीमा केहीदिनमा नै स्थलगत अध्ययन हुँदैछ। ‘नुवाकोटस्थित बट्टारमा र तनहुँको खैरनीटार पुगेर स्थलगत अध्ययन सम्पन्न गरिसकेका छौं,’ जोशीले नागरिकसँग भने, ‘अब ललितपुरको छम्पीमा पनि स्थलगत अध्ययन गरिसकेपछि प्रतिवेदन परराष्ट्र मन्त्रालयमा बुझाउँदै छौं।

उनका अनुसार चिनियाँ पेट्रोलियम पदार्थ भण्डार गर्नका लागि कम्तीमा ३ सय ३५ रोपनी जग्गा आवाश्यक पर्ने भनिएको छ, जुन ९० दिनसम्म आपूर्ति गर्न सक्ने क्षमताको उक्त भण्डारण बन्नेछ। नागरिक दैनिकबाट ।

डिएसपीलाई आफ्नै भाई बुहारी सेक्सी लागेपछि...

फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण

पप्पुलाई किन सधैं छुट ?

पप्पु कन्स्ट्रक्सन सबैभन्दा बढी पुल निर्माणको ठेक्का पाउनेमा पर्छ । उसले ३१ वटा पुलको ठेक्का पाएको छ तर तीमध्ये १५ वटा पुलको निर्माण समयमा पूरा भएको

‘टेस्टी’ अरिंगाल

प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड, सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको