स्लेट खानी सञ्चालनमा आएन

बेनी, म्याग्दी, ३१ वैशाख । म्याग्दीमा अवस्थित स्लेट खानी सञ्चालनमा आउन सकेको छैन । यसले गर्दा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत पाउन सकेका छैनन् ।

भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पु¥याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि गतिलो आम्दानीको स्रोत बन्न सक्ने सम्भावना रहेको स्लेटखानी वर्षौंदेखि बन्द अवस्थामा छ ।

लुलाङ गाउँदेखि गुर्जा जाने बाटो र नर्जा खोलाको मुहान क्षेत्रमा दुई वटा स्लेट खानी रहेका छन् । लुलाङ र आसपासका गाउँमा घर छाउनका लागि स्लेट आवश्यकता परेको बेलामा मात्र खानी सञ्चालन हुने गरेको छ । व्यवस्थित नगरिँदा खानीबाट समुदाय र स्थानीय तहले अहिलेसम्म आम्दानी लिन सकेका छैनन् ।

स्लेट घर छाउन, भुइँमा बिच्छ्याउन प्रयोग हुन्छ । ग्रामीण क्षेत्रका परम्परागत ढुंगेघरमा छाउन प्रयोग हुँदै आएको स्लेट पछिल्लो समय बजारका घर निर्माणमा समेत प्रयोग हुने गरेको छ ।

स्लेट सस्तो, टिकाउ र वातावरणमैत्री मानिन्छ । लुलाङ, मुदी, मुना, दर, खोरिया, लम्सुङ, ताकम, धारापानीमा घर निर्माणका लागि नर्जा र सागबारीको स्लेट प्रयोग भए पनि ढुवानीको समस्याले बजार क्षेत्रमा पठाउन नसकिएको स्थानीयवासीले बताएका छन् ।

व्यवस्थित र व्यावसायिक हिसाबले स्लेट खानी सञ्चालन गर्नसकेमा गाउँपालिका, वडाका लागि आम्दानीको स्रोतका साथै स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना हुने वडाध्यक्ष विकले बताए ।

स्लेट खानी सञ्चालनमा आउने हो भने वार्षिक करोडौँ मूल्य पर्ने स्लेट निकासी गर्न सकिने र सयौँले रोजगारी पाउने अवस्था रहेको छ । यातायात र विद्युत्को सुविधा भएमा आधुनिक उपकरणको प्रयोग गरेर स्लेट खानी सञ्चालन गर्न सकिने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । रासस

 

दशैँमा घर जान टिकट लिनेको घुइँचो

काठमाडौँ, ९ असोज । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित

अब विनाधितो सात प्रकारको सहुलियत कर्जा पाइने

काठमाडौं । सरकारले हरेक जात, जाति र समुदायको व्यावसायिकता प्रवद्र्धनका लागि सहुलियत व्याजदरका साथै विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । सरकारले

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको माग

युरोप तथा अमेरिका र क्यानडामा 'डग च्यु'का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको

 सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सहकार्य सम्झौता

काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस