डेब्युमै सन्दीपकाे विकेट

विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे । 

पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो । पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका थिए ।


उनले दोस्रो ओभरमै विकेट लिँदै आफ्नो ‘डेब्यु’ लाई सनसनी बनाए । सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे । अर्को स्पेलमा तेस्रो ओभर लिएर आउँदा सन्दीपको पहिलो बलमा कोहलीले चौका प्रहार गरे । त्यसमा सन्दीपले ८ रनमात्र खर्चे । १२ औं ओभरमा बलिङ गरेका सन्दीपले आफ्नो ४ ओभर बलिङ कोटा सकाएका थिए । उक्त ओभरको पाँचौं बलमा सन्दीपको बलमा डी भिलियर्सले छक्का प्रहार गरे । सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चे ।


सन्दीप आईपीएल खेल्ने १३ औं देशका खेलाडी भएका छन् । यसअघि टेस्ट खेल्ने १० राष्ट्र तथा नेदरल्यान्ड्स र अफगानिस्तानका खेलाडीले मात्र आईपीएलमा खेल्दै आएका थिए । प्रशिक्षक रिकी पोन्टिङले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए ।


दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १७ वर्षे सन्दीपले अवसर पाएका थिएनन् । दिल्ली ३ खेलमात्र जिती अंक तालिकाको पुछारमा छ । टोली प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । दिल्लीले अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल र इंग्लिस खेलाडी लियम प्लुन्केटलाई विश्राम दिँदै सन्दीप र दक्षिण अफ्रिकी खेलाडी जुनियर डालालाई मौका दिएको हो । डालाको पनि आईपीएलमा पहिलो खेल हो । सन्दीप र डालासँगै अभिषेक शर्माले पनि दिल्लीबाट पहिलो खेल खेलेका हुन् । नोभेम्बरमा बेङ्लोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो । कान्तिपुर दैनिकबाट ।

डिएसपीलाई आफ्नै भाई बुहारी सेक्सी लागेपछि...

फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण

पप्पुलाई किन सधैं छुट ?

पप्पु कन्स्ट्रक्सन सबैभन्दा बढी पुल निर्माणको ठेक्का पाउनेमा पर्छ । उसले ३१ वटा पुलको ठेक्का पाएको छ तर तीमध्ये १५ वटा पुलको निर्माण समयमा पूरा भएको

‘टेस्टी’ अरिंगाल

प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड, सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको