मिथिला भारतमा गाभ्न सुझाउने बिहारी नेताको तिब्र विरोध


सरल संवाददाता

काठमाडौं, २८ वैशाख । बिहारी नेता तथा भारतीय लोकसभा सदस्य किर्ती आजदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला भुमि नेपालबाट फिर्ता लिइ मिथिला राज्य गठन गर्न आग्रह गरेको छन् । उनले मिथिला भारतीय भुमि भएको र अंग्रेजले नेपाललाई दिएको भएपनि सो सन्धि समाप्त भएको भन्दै मिथिला भुमि फिर्ता लिन आग्रह गर्दै ट्वीट गरेका हुन् ।

बिहारी नेताको यो भनाइ सँगै नेपालमा यसको तिब्र विरोध भएको छ । नेपाली जनताको भावना ट्वीटर मार्फत् सार्वजनिक भइरहेको छ ।

ट्वीटर प्रयोगकर्ता नृपेश उप्रेती भन्छन्, ‘आज त मात्र जनकपुर गाभ्ने माग गरेका छन् । हेर्दैजाउ भोलि के के माग्छन् र गाभ्नछन् । यहि दिन देखाउन नै मिलिमतोमा संघीयता, निरपेक्षता र गणतन्त्र लादिएको थियो । ’

अर्का ट्वीटर प्रयोगकर्ता मोहन पौडेल भन्छन्, ‘किर्ती आजाद बिजेपी ले नै अर्धपागल घोषणा गरेर पार्टी बाट निश्कासित गरेको मान्छे । यस्तो अर्धपागल को कुरामा पनि बहस गरेर उसलाई किन भाउ दिनु?’

त्यस्तैगरी अम्बी नामक ट्वीट प्रयोगकर्ता प्रश्न गर्छिन् , ‘यो किर्ती आजाद को रैछरु हाम्रा बिप्लप हरु कता गए छन् ?’

विरोध गर्ने क्रममा राप्रपाका अध्यक्ष कमल थापा पनि देखिएका छन् । उनले आजादको सो भनाइ नेपालको अखण्डतामा र सार्वभौमिकतामा आँच पुग्ने बिचारको घोर भत्सर्ना गरेको छु भनेका छन् ।

फेसबुक तथा ट्वीटरमा उनको सो भनाइको विरोधको क्रम जारी नै छ।

 

 पचास रोपनी जग्गा दान

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।  सरसिउला भन्ने ठाउँमा

नूरप्रसादले इजलाशमा कुर्सीको झटारो हान्नुको यस्तो छ कारण

काठमाडौं, ९ असोज । आइतबार उच्च अदालत पाटनमा करिब डेढ बर्ष भन्दा बढि चलेको जग्गा सम्बन्धी मुद्दामा न्यायाधीशले सुरु अदालतको निर्णय नै सदर गर्ने निर्णय

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम, ९ असोज । प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित

 ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु

दमौली, ९ असोज । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ