उस्तै रंगका पोशाकमा ओली र मोदी जनकपुर ओर्लिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटै रंगका पोशाकमा जानकी मन्दिर पुगेका छन्। भारतीय प्रधानमन्त्री मोदी  घ्यू रंगको कुर्ता लगाएर जनकपुर आइपुगेका हुन् भने प्रधानमन्त्री ओली पनि उस्तै रंगको कुर्ता, पाइजामा र सेतो गम्छामा जनकपुर ओर्लिएका थिए।

ओली र मोदी दुबैले घ्यू रंगको कुर्ता र सेतो पाइजामा लगाएका छन्।  गम्छा भने फरक रंगका छन्। मोदीलाई जनकपुर विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए।

ओली र मोदी दुवैले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ। दुवैले संयुक्त रूपमा रामायण सर्किटको पनि उद्घाटन गर्ने तयारी भएको छ।

योगेश र जगन्नाथको भाग यसरी खोसियो

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका

यस्तो छ प्रधानमन्त्री ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

‘देउवाको फेरी सभापति बन्ने सपना महाधिवेशनले टुंग्याउँछ’

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै ?

गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा पुनः नेपाल आउने भएका छन् । भारतीय