खप्तडमा नेपाल र भारतका लेखक भेला हुने

काठमाडौं, २६ वैशाख । सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत साहित्यिक, सांस्कृतिक र आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भइरहेको सो महोत्सवमा नेपाल र भारतका विभिन्न कवि, चिन्तक, योगी एवम् धार्मिक व्यक्तित्वहरुको सभागिता भइरहेको आयोजकले बताएका छन्।

    त्रिवेणी महास्नान, कवि गोष्ठी, खेचरनाथ अनुष्ठान, ध्यान, योग, सांस्कृतिक प्रवचन, लोक संस्कृतिका अनेक झाँकीहरु प्रदर्शन गरिने उक्त महोत्सवको जेठ १० खप्तडकै पूर्णाप्रति सहित सम्पन्न हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ बताउँछन् ।

पर्यटकीय क्षेत्र खप्तडको सौन्दर्य मात्र नभएर यसको धार्मिक महतव उजागर हाम्रो लक्ष्य हो । यसका लागि यो पटक अलिक फरक हिसाबले खप्तड महोत्सवको आयोजना भएको हो– प्रभातले भने । उनले भने – भारतबाट आउने पर्यटकले खप्तडको धार्मिक र सांस्कृतिक अनुभूति गर्न सकून।

    खप्तडको महोत्सवमा सहभागी हुन काठमाडौंबाट युवराज नयाँघरे, जयदेव भट्टराई, गीता कार्की, अश्विनी कोइराला, बाबा बस्नेत, ठाकुर बेलबासे, सन्ध्या पहाडी लगायतका साहित्यकारको सहभगिता हुने प्रतिष्ठानले जनाएको छ । यसैगरी भारतका विभिन्न प्रान्तबाट साहित्यकार आउने पनि प्रतिष्ठानले बताएको छ ।
 

 ‘हितैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो’

‘असोज सात गते मेरो जन्मदिन । अब अन्ठानब्बे लाग्छु ।’ दुइ वर्ष अघिको भदौको पहिलो साता लैनचौरको कालधारास्थित निवासमा भेट हुँदा आफ्ना हातले मेरा हात

 को गएनन् राष्ट्रकविलाई शुभकामना दिन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् । लमजुङको पुस्तुन,

 इलाममा गीत शिविर हुँदै 

काठमाडौं । गीतकार सङ्घ नेपालले इलाममा गीत शिविर तथा बृहत् बिचार गोष्ठीको आयोजना गरी श्रष्टाहरुको जमघट गर्ने भएको छ । कवि तथा गीतकार बसन्त

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र