उपसभापति मनोनित भएपछि वीपी सम्झिन दुम्जा पुगे विमलेन्द्र 

 काठमाडौं,२५ बैशाख। कांग्रेस उपसभापतिमा मनोनीत भएपछि नेता विमलेन्द्र निधिले बीपी कोइराला र उनका पूर्वजको ठाउँ सिन्धुलीको दुम्जा पुगेर वीपीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

सोमबार गृहनगर धनुषा पुगेर पिता महेन्द्रनारायण तथा पूर्वजको दाहसंस्कार गरिएको ठाउँ पुगेर माल्यार्पण गरेका उपसभापति निधि सोमबार राति दुम्जा पुगेका थिए।  

मंगलबार बिहान कोइरालाको पूर्बजको ठाउँ दुम्जा पुगेर निधिले भने– “म कांग्रेसको राजनीतिमा यहाँसम्म बीपी कोइरालाको आशीर्वादले नै पुगेको   छु । त्यसैले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न दुम्जा आएको हुँ ।”

२०३६ सालमा नेता निधिलाई वीपी कोइरालाले नै नेवि संघको अध्यक्ष बनाएका थिए । पार्टीका नेता तथा कार्यकर्तासंगको भेटघाटमा उपसभापति निधिले कांग्रेसको नेतृत्वमा सम्पन्न गत निर्बाचनमा पार्टीले हार बेहोर्नु परे पनि देश, लोकतन्त्र र संसदीय व्यबस्थाको जित भएको भन्दै पाँच बर्षपछि हुने चुनाबमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। तर यसका लागि पार्टीमा कुनै किसिमको गुटउपगुट हुन नहुने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने बिषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुसंग आफूले कुरा गर्ने उल्लेख गर्दै नेता निधिले पदाधिकारी चयन लगत्तै नेताहरुलाई भेटेर त्यसको शुरुवात गरेको पनि बताए। 

बीपी राजमार्गदेखि दुम्जासम्मको बाटो बनाउने काम आफू भौतिक पूर्बाधार मन्त्री हुँदा सम्पन्न भएको  स्मरण गर्दै उपसभापति निधिले यो क्षेत्रमा व्याप्त खानेपानीको समस्या समाधानका लागि आफूले सरकारसंग पहल गर्ने बताए। वीपी पार्क र संग्रहालय बनाएर दुम्जालाई संपूर्ण प्रजातन्त्रबादीको आस्थाको केन्द्र बनाउनका लागि कांग्रेसले पहल गर्ने पनि उपसभापति निधिले उल्लेख गरे। 

त्यस अबसरमा प्रदेश नंबर २ का कांग्रेस साँसद ओम प्रकाश शर्मा, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, पूर्ब सांसद मोहन बराल, दीपशिखा शर्मा, रामहरि खतिवडा लगायतले दुम्जाको विकासका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।


 

योगेश र जगन्नाथको भाग यसरी खोसियो

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका

यस्तो छ प्रधानमन्त्री ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

‘देउवाको फेरी सभापति बन्ने सपना महाधिवेशनले टुंग्याउँछ’

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै ?

गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा पुनः नेपाल आउने भएका छन् । भारतीय