देउवा विरुध्द पौडेलको नेतृत्वमा सिटौलासहितको मोर्चावन्दी

काठमाडौं,२४ वैशाख । पार्टीलाई मनोमानी शैलीमा चलाएको भन्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुध्द मोर्चावन्दी कसेका छन्। निर्वाचन पछि सुस्ताएका पौडेल हालै पदाधिकारी मनोनयन गर्दा सभापति देउवाले आफूलाई पुरै उपेक्षा गरेको निष्कर्षमा पुगेपछि सशक्त प्रतिरोधमा उत्रने तयारीमा लागेका देखिन्छन्।

उनले देउवा विरोधी नेताहरुलाई सम्पर्क गर्दै आफ्नो मोर्चामा आउन आग्रह गरिरहेको थाहा भएको छ। पौडेल निकट एक कांग्रेसविज्ञका अनुसार, महामन्त्री शशांक कोइरालाले स्पष्ट अडान नलिईदिँदा देउवाले आफ्ना निकट नेतालाई मात्र पदाधिकारी मनोनयन गर्ने अवसर पाएका हुन्। पौडेल यही कारण कोइरालासँग समेत रुष्ट भएका छन् । 

तर अब पौडेल सभापति देउवालाई पार्टी विधान र सहमतिविपरीत चलेको आरोपमा चेताउन गृहकार्यमा जुटेका छन्।

यही उदेश्यले आईतबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल निकट ४ नेताबीच छलफल पनि भएको थियो। उनीहरुले हालै भएको पदाधिकारी मनोनयन प्रक्रिया र यसको प्रतिवाद गर्न अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल गरेका थिए। 

चाक्सीबारी बैठकमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशी सहभागी थिए। पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खडका र सहमहामन्त्री प्रकाशशरण महतसँग भएको कुराकानीबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए ।  

पदाधिकारी मनोनयन विधानविपरीत भएको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गर्दा महामन्त्री कोइरालाले भने समर्थन गरेको बिषयमा निकै गम्भीर छलफल भएको थाहा भएको छ।

पूर्व महामन्त्री सिटौलासँग यस बिषयमा छलफल गरेर आगामी महाधिवेशनलाई लक्षित गरी अगाडि बढ्न दीर्घकालीन रणनीति बनाउने तयारी भएको चाक्सीबारी बैठकका एक सहभागीले सरल पत्रिकालाई बताए।

महामन्त्री कोइरालाले सभापतिलाई पदाधिकारी मनोनयनमा समर्थन गरेर पार्टीमा मनोमानी गर्न सहयोग पुर्याएको निष्कर्ष निकाल्दै नेताहरुले आगामी महाधिवेशनमा नेतृत्वको विकल्प खोज्न पनि प्रारम्भिक छलफल भएको बुझिएको छ।  

पौडेलले यसैसाता थप छलफल गर्न सिटौला सहितको बैठक बोलाउने तयारी गरेका थाहा भएको छ। 
 

योगेश र जगन्नाथको भाग यसरी खोसियो

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका

यस्तो छ प्रधानमन्त्री ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

‘देउवाको फेरी सभापति बन्ने सपना महाधिवेशनले टुंग्याउँछ’

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै ?

गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा पुनः नेपाल आउने भएका छन् । भारतीय