अमेरिकी टि.भि. सो अब नेपालमा

सरल संवाददाता
काठमाडौं, १९ वैशाख । नृत्य मन पराउने नेपालीहरुको लागि बिबिएस स्टुडियोले बिबिसी ढाँचाको ‘डान्सिङ विथ द स्टार इन नेपाल’ नामक सो ल्याउने भएको छ । एएनसी प्रा.लि.ले स्थानीय प्रोडक्सन हाउससँग सम्झौता हालसालै सम्झौता गरेकोले यो पपुलर सो नेपाल आउने पक्का भएको हो ।

मंसीर महिना तिर टेलिभिजनमा हेर्न पाइने यो सो कुल २६ इपिसोडको हुनेछ । ‘डान्सिङ विथ द स्टार’ अमेरिकन डान्स कार्यक्रम विश्वमै चर्चित रियालिटि सो हो । यो विश्वको ५७ देशमा प्रसारित हुने गरेको छ ।

दक्षिण र दक्षिण पूर्वी एसिया क्षेत्रकी वरिष्ठ उपाध्यक्ष तथा महा व्यवस्थापक मिलिता आगा यस कार्यक्रम नेपाल आएकोमा खुशी व्यक्त गर्दै भन्छिन्, ‘हामी नयाँ सहयात्रीसँग काम गर्न उत्सुक छौं । हामीलाई विश्वास छ नेपालीहरुले यो कार्यक्रम मन पराउँछन् ।’

यो सो को फ्रान्चाइज एसियाको ८ देश थाइल्याण्ड, भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स, जापान, दक्षिण कोरिया र भियतनाम मा वितरण भइसकेको छ ।

नेपालमा पनि हाल यस्तो डान्सीङ रियालिटि सो हरु दिनदिनै लोकप्रिय हुँदै गइरहेकोले ‘डान्सिङ विथ द स्टार’ जस्तो विश्वस्तरीय कार्यक्रम आउनाले नृत्य क्षेत्रमा राम्रो प्रोत्साहन हुने विश्वास रहेको बताइएको छ ।

 

कुकुर किन मुस्कुराउँछन् ? 

प्राणी वैज्ञानिकको अध्ययनले मानिसको सबैभन्दा नजिक मानिने जनावर कुकुर पनि मुस्कुराउने तथ्य पत्ता लगाएको छ ।  तर कुुकुर मुस्कुराउनुको कारण मानिसको

 ‘शोले’ का यी कलाकार जो मरेर पनि जिउँदै छन्

कुनै जमानाको सुपरहिट फिल्म ‘शोले’ अहिले हेर्दा पनि त्यति नै मजा आउँछ । १५ अगस्त १९७५ मा प्रदर्शन भएको फिल्म शोलेको स्टारकास्ट लुक फेरिएको छ । यस

जब भुटानका पूर्व प्रधानमन्त्रीले हिलाम्मे सडकमा श्रीमतीलाई बोके... 

प्रेममा सबै कुरा जायज हुन्छ भनिन्छ । तथापि व्यक्तिको प्रोफाइल अनुसार उसले जायर गर्ने प्रेमको चर्चा पनि त्यसरी नै हुनेगर्छ ।  हालै भूटानका पूर्व

 इटहरी र धरानका युवतीलाई प्रदीपले बाँडे गुलाबको फूल

धरान । करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १