अमेरिकन पेस्तोल र लागूऔषधसहित सात भारतीय पक्राउ

विराटनगर: प्रहरीले ठूलो परिणामको लागूऔषध र हतियारसहित सात भारतीय नागरिकलाई मंगलबार राति पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा एक महिला पनि छन् । विराटनगर ४ नोबेल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट राति साढे ८ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा विहारस्थित अररिया जिल्लाको वथनाहा–४ का २४ वर्षीय रोहितकुमार शर्मा, अररिया फारविसगन्ज–२ का ३० वर्षीय प्रमोद भनिने विनोद यादव, अररिया मिल्की डुमरिया–९ का १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलमदेवी यादव, अररिया सिमराहाका २६ वर्षीय प्रकाशकुमार दास, अररिया रानीगंजका ३३ वर्षीय रन्जितकुमार शर्मा, अररिया बरारभत नाजा–७ का ४० वर्षीय सुरज नारायण यादव रहेका छन् । निलमदेवी विनोदको पत्नी भएको खुलेको छ । 

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार पक्राउ पर्ने मध्ये प्रमोद भनिने विनोद यादवको साथबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्याग्जिन र ६ राउण्ड गोली पनि बरामद भएको छ । 

विनोद बीआर ३८ एफ १२२८ नम्बरको मोटरसाइकलमा सवार थिए । पक्राउ परेकाहरुले भारतबाट ल्याउँदै गरेको एक हजार सात सय ७५ एम्पुल एभिल, पाँच सय एम्पुल डाईजेल्याब, एक हजार सात सय ७६ चक्की एपास्मोप्रोक्सिभन, सात सय २५ ट्याब्लेट नाईट्रोसन, पाँच सय २५ एम्पुल लुपिजेसिक, एक सय २५ एम्पुल फेनारगन र १३ बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद भएको जानकारी बिसीले दिए । 

उनीहरुले लागूऔषध र हतियार ओसारपसारमा प्रयोग गर्ने गरेको बीआर ३८ एफ १२२८, बीआर ३८ एच ४०५० र बीआर ३८ डी ५२२६ नम्बरको तीनवटा भारतीय मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

साथबाट चारवटा साम्सुङ कम्पनीका मोवाइल, एउटा आइटेल मोवाइल र एउटा माइक्रोम्याक्स मोवाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । एसपी बिसीका अनुसार पक्राउ परेका सात जनाबाट नेपाली ८१ हजार रुपैयाँ नगद पनि बरामद भएको छ । 

पक्राउ परेका सबैविरुद्ध लागूऔषध ओसारपसार तथा हातहतियार खरखजना मुद्धा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

म्याद थप गरिएपछि प्रहरीले उनीहरुलाई सार्वजनिक पनि गरेको छ । बिसीले पक्राउ परेकाहरु भारतमा विभिन्न अपराधिक गतिविधीमा संलग्न भएको हुन सक्ने र पछिल्लो समय नेपालतर्फ लागूऔषध र हतियार ‘सप्लाई’ गर्ने धन्दामा संलग्न भएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको बताए । (कान्तिपुर दैनिकबाट ।)

मेलम्चीको पानी दुई महिनाभित्र सुुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।  दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख

ठूला उद्योगीले तिरेनन् ५२ करोड

मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको

नेकपाको तल्ला कमिटीको एकता दसैंपछि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका

जब प्रचण्डले पिङ खेल्दै दशैको शुभकामना दिए

ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको