सुन तष्कर काण्डमा नेपाल एयरलायन्सका थप दुई कर्मचारी पक्राउ

सरल संवाददाता

काठमाडौं, ११ वैशाख । काठमाडौं एयरपोर्टबाट तष्कर गरिएको सबैभन्दा ठुलो परिमाणको सुन तष्कर काण्डमा अनुसन्धानको क्रममा थप दुईजना पक्राउ परेका छन् । सोमबार नेपाल एयरलायन्समा कार्यरत अमर डंगोल र तुलराम थारु पक्राउ परेका हुन् । दुबैजना नेपाल एयरलायन्समा सामान अनलोड र अपलोड गर्ने काममा कार्यरत थिए ।

केहि दिन अघि मात्र नेपाल पुलिसका डिआईजी गोविन्द निरौला पक्राउ परेको यस काण्डमा ‘लहरो तान्दा, पहरो झरेजस्तै’ भएको छ । यस काण्डमा हालसम्म २३ जना पक्राउ परेका छन् भने अझै केहि संलग्न व्यक्तिहरुको खोजी हुँदै छ । पक्राउ पर्ने क्रममा प्रहरी, सुन बोक्ने भरिया, एयरलायन्सका कर्मचारी र सुन व्यापारीहरु रहेका छन् ।

यसअघि नेपाल एयरलायन्सकै ३ जना कर्मचारी राजन थापा, राजु महर्जन र प्रेमलाल चौधरी यहि घटनामा पक्राउ परिसकेका छन् । चौधरीले प्रहरी चौकीमै आत्महत्या गरिरकेका छन् ।

गएको माघमा दुबईबाट काठमाडौं विमानस्थल हुँदै ३३ किलो तस्करहरुको सञ्जालले ल्याएपनि सो सुन पुग्नुपर्ने ठाउँमा नपुगी बिचबाटै गायब भएपछि यो घटना बाहिर आएको हो ।

 

५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ५ कात्तिक । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ ।  रेल तथा मेट्रो विकास

पत्रकार  हुमागाईंको  निधन

काठमाडौँ, ५ कात्तिक ।  ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ

मुर्ति सेलाउने विवादले कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझबाट

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक