यी हुन् सबैलाई कामलाग्ने बैङ्किङ प्रविधिहरू

काठमाडौं । बुटवलकी जुनु आचार्य काठमाडौंको एक अस्पतालका चिकित्सकसँग आफ्नो उपचारका विषयमा कुरा गर्दै थिइन् । तर, अकस्मात् उनको मोबाइलमा ब्यालेन्स सकियो र सम्पर्क टुट्यो । बेलुका भइसकेकाले नजीकैको बजारमा ब्यालेन्स रिचार्ज गर्न नसकिने भयो । लगत्तै उनले एक आफन्तको फोनबाट काठमाडौंका साथीलाई ब्यालेन्स ट्रान्सफर गर्न आग्रह गरिन् र पुनः चिकित्सकसँग कुराकानी भयो । धन्यवाद दिन काठमाडौंका साथीलाई फोन गर्दा साथीले राति भए पनि बैङ्कको एप्सबाट टपअप गरिदिएको थाहा पाइन् ।

आचार्यको मोबाइलमा पनि ई–सेवाको एप नभएको होइन । तर, उनले त्यसको उपयोगबारे थाहा रहनेछ । आफ्नै स्मार्ट फोनमा यस्ता प्रविधि भए तापनि अधिकांशले त्यसको प्रयोग गर्न जानेका छैनन् ।

यसैगरी सुर्खेतकी पवित्रा कोइरालालाई सबै प्रक्रिया मिलाइसके पनि साँझको समय भएकाले २१ हजार रुपैयाँको जोहो गर्न धौ–धौ प¥यो । त्यसका लागि उनले नजीकैका तीन–चारओटा बैङ्कमा चेक साट्न खोजे । तर, पालो पर्खन सक्ने अवस्था नभएपछि एटीएमको खोजीमा लागे । एउटा एटीएममा पैसा सकिएका कारण अर्कोमा गए । तर, प्राविधिक गडबडीको कारण त्यहाँबाट पैसा निकाल्न असमर्थ भए । त्यसपछि साथीभाइलाई फोन गर्दा गर्दा हैरान भइसकेपछि उनकै अफिसका एक मित्रले लाहान पुगेपछि मलाई फोन गर्नुहोस्, त्यति बेलासम्म सबै व्यवस्था मिलिसकेको हुनेछ भने ।

तनाविलो अवस्थामै लहान पुगेका कोइरालाले रातको समयमा पनि एक स्टेशनरीबाट २१ हजार रुपैयाँ पाए । वास्तवमा उनका साथी हरि घिमिरेले लाहानको आफ्नो आफन्तको खातामा मोबाइलबाट पैसा ट्रान्सफर गरेका कारण रातको समयमा पनि पैसा पाउन सकेका हुन् । चेक र नगद नै असम्भव भएको बेलामा मोबाइल बैङ्किङमार्फत पैसा हातमा परेपछि उनी ढुक्कसँग आफ्नो काम सकेर फर्कन सफल भए ।

अहिले बैङ्किङ क्षेत्रमा मोबाइल बैङ्किङजस्तै धेरै प्रविधि भित्रिसकेका छन् । तर पनि प्रविधिसँग अभ्यस्त नभएका कारण धेरैले अनाहकमा दुःख भोगिरहेका छन् । अहिले नेपालको बैङ्किङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थाले सूचनाप्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । रकम एक खाताबाट अर्को खातामा पठाउन इण्टरनेट बैङ्किङ र मोबाइल बैङ्किङ प्रयोग गरिएजस्तै किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सकिने भएको छ । यसले गर्दा समय र खर्चको बचत त भएको छ नै, खल्तीमा नगद नै बोक्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

तर बहुसङ्ख्यक ग्राहक अझै पनि वित्तीय साक्षरताको कमीका कारण डेबिट कार्ड र क्रेडिट कार्डको प्रयोग गर्न पनि हिच्किचाउँछन् । प्रविधिसँग अभ्यस्त हुँदै गएकाहरू एटीएम कार्ड र मोबाइल बैङ्किङसम्मको सुविधा मात्र प्रयोग गर्दछन् । कतिपयलाई डेबिट कार्ड, क्रेटिड कार्ड, इण्टरनेट बैङ्किङलगायत प्रविधिबारे अझै जानकारी छैन ।

नेपालमा हाल अधिकांश वाणिज्य बैङ्कले इण्टरनेट बैङ्किङको सुविधा दिएका छन् भने अधिकांश वाणिज्य बैङ्कले मोबाइल बैङ्किङको सुविधा दिएका छन् । विकास बैङ्क, वित्तीय संस्था, सहकारीले समेत अचेल एसएमएस बैङ्किङको सुविधा दिन थालिसकेको छ । नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा प्रयोग भएका केही प्रविधि यस्ता छन् :

टेलिफोन बैङ्किङ सेवा

ग्राहकले आधिकारिक फोनमार्फत एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्ने प्रविधिलाई टेलिबैङ्किङ भनिन्छ । फोनबाटै बैङ्किङ कारोबार गरिने भएकाले यसलाई टेलिफोन बैङ्किङ भनिएको हो । यो बैङ्किङ सेवाको शुरुआत हिमालयन बैङ्कले गरेको थियो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने काम गर्न सकिन्छ ।

इण्टरनेट बैङ्किङ 

इण्टरनेटको प्रयोग गरी ब्यालेन्स हेर्ने, रकम ट्रान्सफर गर्ने, स्टेटमेण्ट हेर्ने प्रविधिलाई इण्टरनेट बैङ्किङ भनिन्छ । कुमारी बैङ्कले १ दशक अगाडि भिœयाएको यो प्रविधि अहिले सबैजसो बैङ्कले उपलब्ध गराएका छन् । यो प्रविधिले गर्दा स्टेटमेण्ट हेर्न बैङ्कसम्म गइराख्नुपर्ने बाध्यताको अन्त्य भएको छ । इण्टरनेट बैङ्किङमार्फत ई–सेवामा पैसा पठाउने, मोबाइल बिल तिर्ने, एडीएसएल वा ल्याण्डलाइन फोनको बिल तिर्ने, धारा बिजुलीको बिल तिर्नेलगायत कार्य गर्न सकिन्छ । यो प्रविधिको उपयोग गरेबापत केही बैङ्कले वार्षिक शुल्क २–३ सय रुपैयाँ लिने वा निःशुल्क सेवासमेत दिने गरेका छन् । आफ्नो अनुकूल समयमा घर वा कार्यालयको कम्प्युटर, ल्यापटप, मोबाइलको उपयोग गर्न सकिने भएकाले यो अति उपयोगी पनि   छ । ब्यालेन्स हेर्ने, स्टेटमेण्ट हेर्र्नेे, नयाँ चेकबूकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिसलगायतको प्रयोग गर्न सकिने भएकाले यो प्रविधि निकै लोकप्रिय भएको छ ।

मोबाइल बैङ्किङ 

नेपालमा प्रयोग भएका प्रविधिमध्ये बहुउपयोगी र सफल बैङ्किङ प्रविधि भनेकै मोबाइल बैङ्किङ हो । गाउँघरमा लघुवित्तको रकम सङ्कलन र कर्जा वितरणमा यो प्रविधि अति उपयोगी सावित भइसकेको छ । शाखारहित बैङ्किङ सेवाका लागि समेत मोबाइल बैङ्किङ प्रविधि निकै प्रभावकारी माध्यम बनेको छ । ट्याब्लेट फोनको उपयोग गरी बैङ्किङ सेवा दिइने भएकाले यसलाई गाउँघरमा ट्याब्लेट बैङ्किङ पनि भन्ने गरिन्छ । मोबाइल बैङ्किङ दूरसञ्चार सेवा वा इण्टरनेट सेवामार्फत पनि प्रयोग गर्न सकिने खालको छ । मोबाइल बैङ्किङको उपयोग गर्नेले एसएमएसमार्फत रकम झिकेको वा थपेको जानकारी पाइरहेको हुन्छ । यसबाहेक बैङ्कहरूले यो मोबाइल बैङ्किङको सहज उपयोगका लागि मोबाइल एपको नै विकास गरेका छन्, जसमार्फत ब्यालेन्स इन्क्वाइरी, मिनी स्टेटमेण्ट, मोबाइल टपअप, रिचार्ज, ई–सेवा, फण्ड ट्रान्सफर, पेमेण्टलगायत कार्य गर्न सकिन्छ । यसबाहेक बैङ्कको सेवा सुविधा, सुरक्षालगायत जानकारी पनि लिन सकिन्छ ।

मोबाइलबाट नै बैङ्कमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायत कार्य गर्न मिल्ने हुँदा बैङ्कहरूको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिससमेत बैङ्किङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैङ्किङले वातावरण बनाएको छ ।

एसएमएस बैङ्किङ

मोबाइल बैङ्किङको शुरुआती रूप एसएमएस बैङ्किङ हो । २०६१ सालमा लक्ष्मी बैङ्कले पहिलोपटक यो सेवा नेपालमा भिœयाएको हो । ग्राहकले रकम झिकेको र राखेको जानकारी बैङ्क तथा वित्तीय संस्थाले यो सेवाअन्तर्गत मोबाइल एसएमएसमार्फत दिने गर्छ ।

एटीएम मेशिन

२०४७ सालमा हिमालयन बैङ्कले नेपालमा भित्र्याएको एटीएम सेवा अहिले बैङ्किङ क्षेत्रको अभिन्न अङ्ग भइसकेको छ । अहिले बैङ्कहरूले मात्र नभएर सहकारीले समेत एटीएमको व्यवस्था गर्न थालिसकेको छ । नेपाल र भारतमा चल्ने एटीएम कार्ड अहिले साधारण प्रविधिकै रूपमा प्रयोग भइरहेको छ । एटीएम मेशिनको लिङ्क नेपालभित्रका बैङ्कमा मात्र नभई, विदेशी बैङ्कहरूसँग पनि भइसकेको छ । यही कारण विदेश जाँदा डलर नै खोजी गरिरहनुपर्ने बाध्यताको अन्त्य भएको छ । कुनै बैङ्कमा गई ट्राभल कार्ड बनाएपछि विदेशमा मनी एक्सचेञ्ज काउण्टर खोजिरहनुपर्ने समस्याको समाधान भएको छ । ट्राभल कार्डमा जति पैसा लोड गर्‍यो, त्यति नै रकम विदेशमा सोही देशको मुद्रामा रकम निकाल्न सकिने सुविधा यो प्रविधिले दिएको छ । यद्यपि, विदेशमा आफ्नो खातामा एटीएम मेशिनबाटै रकम लोड गर्न सकिने प्रविधि प्रयोगमा आइसके पनि नेपालमा भने यो प्रविधि भित्र्याउने प्रयास अझै गरिएको छैन ।

क्रेडिट कार्ड 

निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरीद गर्न सकिनेगरी बैङ्कले क्रेडिट कार्ड दिएको हुन्छ । तत्कालीन नेपाल अरब बैङ्क अर्थात् हालको नबिल बैङ्कले पहिलोपटक क्रेडिट कार्ड भिœयाएको थियो । क्रेडिक कार्डमार्फत ४५ दिनसम्म निश्चित सीमाभित्रको रकम प्रयोग गर्न पाइन्छ । क्रेडिट कार्डलाई एटीएम मेशिनमा पनि प्रयोग गर्न सकिन्छ । विदेशमा एटीएम कार्डभन्दा पनि क्रेडिट कार्डमार्फत सेवा वा वस्तुको खरीद गर्ने र पेमेण्ट दिने प्रचलन छ ।

डेबिट कार्ड

बैङ्कहरूले दिने एटीएम कार्ड धेरैजसो डेबिट कार्ड नै हुने गर्छ । डेबिट कार्डको उपयोग इण्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट विभिन्न शपिङ मलहरूमा रकम तिर्न पनि सकिन्छ । सिनेमा हल र रेष्टुराँमा समेत यो कार्डको प्रयोगमार्फत भुक्तानी दिन  सकिन्छ । (http://www.abhiyan.com.np)

नयाँ आइफोन सार्वजनिक, मूल्य ११०० डलर

कुपरटिनो, क्यालिफोर्निया, २८ भदौ । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य

जसले  साइबर सेना (ह्याकर्स) मार्फत  विश्वलाई चुनौति दिइरहेका छन्

यो वर्ष अगष्टमा हरेक वर्ष जस्तै अमेरिकाको लस भेगसमा एक विशेष मेला लाग्यो । यो मेला थियो ह्याकर्सको । जसमा साइबर विज्ञदेखि  बच्चासम्म सबै उमेरका

गुगललाई पछ्याउँदै फेसबुक छिर्यो सिंगापुरमा 

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको

द भ्वाइस अफ नेपाल र हाम्रो पात्रोबीच सहकार्य

काठमाडौं । विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल र नेपालको सबैभन्दा बढी डाउनलोड भएको जीवनशैली