अवैध गर्भ फाल्न खोज्दा झन्डै गयो ज्यान

पाँचथर,९ वैशाख । औषधि सेवन गरेर ७ महिनाको गर्भ फाल्न खोज्दा पाँचथरकी एक युवतीको झन्डै ज्यान गएको छ । उनले चारदिन अघि घरैमा गर्भ फाल्ने औषधि सेवन गरेकी थिइन् ।

अचानक पेट दुख्यो भन्दै रोइकराई गर्न थालेपछि २६ बर्षिया ती युवतीलाई परिवारले एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पु¥याएका थिए । उपचारको क्रममा चिकित्सकले ‘उनको पेटमा बच्चा छ’ भन्दा परिवार आश्चर्यमा परेको परिवारका एक सदस्यले बताए । अस्पताल पु¥याएको केही समयपछि उनले बच्चा जन्माएकी थिइन् । बच्चा केहीबेरमा मरेको बताइएको छ । केही समय मात्र अस्पताल ल्याउन ढिलो गरेको भए उनको ज्यानै जाने खतरा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ती युवती १७ महिना अघि बैदेशिक रोजगारीको शिलशिलामा जोर्डन गएकी थिइन् । युवतीका अनुसार त्यहाँ एउटै कम्पनिमा काम गर्ने राजवंशी समुदायका एक नेपाली युवकसँग उनको प्रेम बस्यो र शारीरिक सम्बन्ध पनि भयो । त्यसै क्रममा गर्भ बसेपछि दुबैको सल्लाहमा नेपाल आई गर्भ फालेर पुनः जोर्डन फर्कनेगरी उनी करीब दुई साता अघि नेपाल आएकी थिइन् ।

काठमाण्डौंमै गर्भ फाल्ने औषधि किनेकी उनले घर पाँचथर आएपछि घरैमा औषधि सेवन गरेकी थिइन् । जसले झन्डै उनको ज्यान लियो । आफ्नो प्रेमीको थर राजवंशी हो भन्ने थाहा भए पनि उसको खास नाम र नेपालको ठेगाना समेत थाहा नभएको ती युवतीले बताइन् । गर्भ फालेर पुनः जोर्डन फर्कि केही पैशा कमाएर नेपाल आई बिवाह गर्ने सल्लाह भएको उनको भनाई छ ।

हाल उनको प्रहरी निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ती युवती उपर भ्रुण हत्या अभियोगमा कानुनी प्रक्रिया अगाडि बढाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नो श्रीमानको सवारी दुर्घटनामा मृत्यु भएपछि पाँच बर्षे छोरालाई घरमै छाडेर उनी पैशा कमाउन १७ महिना अघि जोर्डन पुगेकी थिइन् ।

मुर्ति सेलाउने विवादले कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझबाट

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक

बाँदरलाई हानेको गोली लागेर सुरेन्द्रको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार

दुर्घटनामा पाँच जनाको मृत्यु

कावासोती, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने