नेपालको टि–२० विश्वकप यात्रा मलेसियाबाट शुरु

काठमाडौं, ७ वैशाख । अष्ट्रेलियामा सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट प्रतियोगिताहरुको खेल तालीका अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको छ ।

कुल १६ राष्ट्र सहभागि हुने उक्त विश्वकप खेल्नको लागि टि–२० क्रिकेटको विश्व वरियतामा शिर्ष १० टोली बाहेक अरु ६८ टोलीले सम्भावित ६ स्थानको लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।  

नेपालले उक्त विश्वकपको यात्राको सुरुवात अक्टोबर ३ देखि १२ सम्म मलेसियामा आयोजना हुने आईसीसी वर्ल्ड टि–२० एसिया क्वालिफायर बी बाट गर्नेछ । उक्त प्रतियोगितामा नेपाल बाहेक भुटान, चीन, म्यानमार, थाइल्याण्ड, मलेसिया र सिंगापुर हुनेछन् ।

यस प्रतियोगिताको शिर्ष ३ मा रहन सफल भएमा सन् २०१९ मा एसिया रिजनल क्वालिफायर प्रतियोगितामा वर्ल्ड टि–२० एसिया क्वालिफायर ए बाट छानिएका अन्य ३ टोली सहित कुल ६ टोलीले प्रतियोगिता खेल्नेछन् । उक्त प्रतियोगिताबाट शिर्ष २ टोलीले आईसीसी वर्ल्ड टि–२० क्वालिफायरमा स्थान बनाउनेछन् ।

त्यस्तैगरी आईसीसी टि–२० क्रिकेटको विश्व वरियतामा शिर्ष ११ देखि १६ सम्मका रहेको ६ टोलीले सिधै टि–२० विश्वकपको लागि क्वालीफायरमा प्रवेश पाउनेछन् । अन्य टोलीमा युरोप क्षेत्रबाट १, अफ्रिका क्षेत्रबाट २, अमेरिकी क्षेत्रबाट २, इष्ट एसिया प्यासिफीक क्षेत्रबाट १ टोली र एसिया क्षेत्रबाट २ टोली गरी कुल १४ टोलीले सम्भावित ६ स्थानको लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

नेपालले सन् २०१२ देखि टि–२० विश्वकपको लागि क्वालीफायर खेल्ने मौका पाएको भएपनि सन् २०१४ को बंगलादेशमा आयोजना भएको विश्वकपमा मात्र स्थान बनाउन सकेको छ ।

 

नेपाली फुटबललाई विकास गर्न स्पेनी क्लबको सहयोग

  काठमाडौँ, ४ कात्तिक । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक

मेसीले ६ खेल खेल्न नसक्ने

काठमाडौं, ४ कात्तिक । बार्सिलोनाका क्याप्टन लियोनल मेसी घाइते भएका छन् । उनी अब तीन हप्ता खेलमैदान बाहिर रहने छन् । हिजो राती सेभिल्लासँग भएको खेलमा

पूर्व क्रिकेटर जयासूर्यालाई भ्रष्टाचारको आरोप

  सरल संवाददाता काठमाडौं, २९ असोज । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ

 अफगानी क्रिकेट लिगमा सन्दीपको शानदार डेब्यू

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।  अफगानी फ्रान्चाइज टोली