अक्सिजन मास्क लगाउन नजानेपछि......

काठमाडौं/ बैशाख ६ । इमर्जेन्सी ल्याण्डीङको क्रममा फ्लाइट अटेन्डेन्टले यात्रुहरुलाई अक्सिजन मास्क लगाउने तरिका तथा अन्य सुरक्षा सम्बन्धी विवरण बताएपनि धेरै यात्रुले गलत तरिकाले मास्क लगाएको फोटो सामाजिक सञ्जालमा आएको छ ।
 
१४४ यात्रु बोेकेको साउथवेष्ट एयरलायन्सको न्यूयोर्कबाट डाल्लासको लागि उडेको उक्त जहाज उडिरहेको बेला इन्जिन फेल भएपछि इमर्जेन्सी ल्याण्डीङ गर्नु परेको थियो । जहाज ४० हजार फिट सम्ममा हुँदा जहाजमा रहेको मास्कले अक्सिजन दिन्छ । क्याबिनको प्रेसर गिरेमा यात्रुहरुलाई अक्सिजनको आवश्कता पर्दछ । अक्सिजनको कमिले हाइपोक्सिया हुने हुँदा माक्स लगाएर यसबाट बच्न सकिन्छ ।  

अक्सिजन मास्क नाक र मुख छोप्ने गरी लाउनु पर्नेमा अधिकांस यात्रुहरुले मुखमा मात्र पर्ने गरी लगाएको तस्वीर देखिन्छ ।

उक्त जहाज ३२,५०० फिटको उचाइमा उडिरहेको बेला १ नम्बरको इन्जिन पड्केको थियो । इन्जिन पड्किंदा नजिकैको झ्यालको सिसा फुटेर जेनिफर रियोर्डन नामकी यात्रु त्यसमा अड्किएकि थिइन् । उनलाई अन्य यात्रुहरुले तानेर बाहिर ल्याएपनि उनको मृत्यु भएको थियो । (एजेन्सीको सहयोगमा)

 

माइकल आँधीले ३६ को मृत्यु

वासिङ्टन, ४ कात्तिक । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

काबुल, ४ कात्तिक । अफगानिस्तानमा भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा एक सय ३० भन्दाबढी व्यक्ति हताहत भएका छन् । शनिबार

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

सोची, २ कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन् । रुस र चीनका साझा चासोका

भारतमा भएको रेल दुर्घटनामा करिब साठीको मृत्यु

अमृतसर, भारत, ३ कात्तिक । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । प्रहरी स्रोतले