क्यानको विशेष साधारण सभा हुने

सरल संवाददाता

काठमाडौं/वैशाख ४ । नेपाल क्रिकेट संघ (क्यान) ले बैशाख ६–७ मा विशेष साधारण सभा काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलबार त्रिपुरेश्वर स्थीत खेलकुद पत्रकार मञ्चको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सो को जानकारी दिइएको हो । 

नेपाली क्रिकेटलाई निलम्बनको अवस्थाबाट निकास दिनको लागी विशेष साधारण सभा आयोजना गर्न लागेको बताउँदै निलम्बीत क्यानका महासचिव अशोक नाथ प्याकुरेल भन्छन्, ‘हामी हदैसम्म लचिलो हुन तयार छौं, आईसीसीसँग विभिन्न चरणमा भएको वार्ताको आधारमा पनि अब निकास निस्कन्छ ।’ 

मैदानमा नेपाली क्रिकेट टोलीले सफलता पाइरहेको बेला क्यानले विवादित विषय रहेको मताधिकारको कुरामा लचकता अपनाउने बताउँदै प्याकुरेलले भने, ‘निर्वाचनमा हालको १७ जना केन्द्रिय सदस्यको मताधिकारको विषयमा विवाद थियो, हामीले मताधिकार नभएपनि स्वीकार हुने निर्णय गरिसकेका छौं ।’ अबको सम्पूर्ण प्रक्रियालाई अनुगमन गर्ने समिति भएकोले अन्य समस्या नहुने उनले बताए । 

आईसीसीले विभिन्न समयमा क्यानलाई मिलेर जान सुझाव दिएको भएपनि क्यानका वर्तमान अधिकारीहरुले आफु अनुकुल प्रावधान राख्नको लागि विवाद गरिरहेका थिए । क्यानले आईसीसीको शर्त अनुसार विधान स्वीकार गरेमा आगामी जुलाईमा हुने आईसीसीको वार्षिक साधारण सभामा नेपालको निलम्बन फुकुवा हुनसक्छ । 
 
क्यानको निर्णय आईसीसीद्वारा स्वागत

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बैशाख ६–७ मा विशेष साधारण सभा गर्ने निर्णयको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रेस विज्ञप्तीमार्फत स्वागत गरेको छ । संशोधित विधानले क्रिकेट खेलको नेतृत्व सुधारका साथै आईसीसीको निलम्बन फुकुवा गरी सदस्यता पुनस्र्थापन गर्न मार्ग प्रशस्त गर्ने आईसीसीको विश्वास रहेको जनाएको छ ।  

आईसीसीले सन् २०१६ को मे महिनामा नेपाल क्रिकेट संघ समक्ष विधान संसोधनको लागि शर्त राखेको थियो । विभिन्न पटकमा धेरै वार्ताहरु भएपनि क्यान सम्बद्ध अधिकारीहरुले विधानको प्रावधानमा विवाद गरेको कारण नेपाल निलम्बनकै अवस्थामा रहेको हो । सो निलम्बनको फुकुवा गर्न यस विशेष साधारण सभामा आईसीसीबाट गठित देशभरिका खेलसम्बद्ध व्यक्तिहरुको सल्लाहकार समुहद्वारा सिफारिस गरेको प्रस्तावहरुलाई स्वीकार गरोस् भन्ने आईसीसीको आशय रहेको छ । 

हालसालै एकदिवसिय मान्यता पाएको नेपालले संसोधित विधानलाई विशेष सााधारणसभा मार्पmत् स्वीकारेमा क्यानको पुनस्र्थापनाको विषय आगामी जुलाईमा बस्ने आईसीसीको वार्षिक साधारण सभाले निर्णय गर्नेछ । 

आईसीसीका उप सभापति इमरान ख्जावा भन्छन्, ‘ क्यानको विशेष साधारण सभा लगत्तै आईसीसी बोर्डको पनि बैठक बस्नेछ, त्यसैले हामी यस अवस्थालाई नजिकबाट नियालीरहेका छौं । नेपालको सदस्यता यस बैठकको एजेण्डा हुनेछ । नेपाली क्रिकेट समुदायसंग विभिन्न समयमा भएको सल्लाह तथा सुझाव प्रक्रियाबाट बनेको यस संवैधानिक परिवर्तन क्यानको सदस्यता पुनर्बहाली गर्नको लागि पुर्णरुपमा र नबिगारी स्वीकारीने छ भन्ने अपेक्षा गरेका छौं ।’
 

सन्दीप बने बिबिएलमा छानिने पहिलो एसोसियट्स क्रिकेटर, बंगलादेशी लिगको पुरा सिजन खेल्ने

काठमाडौं, ५ कार्तिक । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने

एक सिङ्गे गैंडा जोगाउन फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल

नेपाली फुटबललाई विकास गर्न स्पेनी क्लबको सहयोग

  काठमाडौँ, ४ कात्तिक । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक

मेसीले ६ खेल खेल्न नसक्ने

काठमाडौं, ४ कात्तिक । बार्सिलोनाका क्याप्टन लियोनल मेसी घाइते भएका छन् । उनी अब तीन हप्ता खेलमैदान बाहिर रहने छन् । हिजो राती सेभिल्लासँग भएको खेलमा