पशुपतिमा विशेष सफाइ

काठमाडौँ, ४ वैशाख ।  पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ । 
विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

पशुपतिलाई उदाहरणीय देवस्थलका रुपमा स्थापित गर्ने अभियानमा कोष लागेको उनको भनाइ छ। पशुपति पश्चिम ढोकाअघि शुरु भएको सफाइ मन्दिर क्षेत्र, सूर्यघाट, आर्यघाट, वाग्मती नदी किनार र वनकाली क्षेत्रमा आज सकिएको कोषका सुरक्षा अधिकृत गौरीशंकर पराजुलीले बताए। सफाइसँगै पशुपति परिसरमा रङ्गरोगनसमेत भइरहेको छ । 

यस वर्ष खेम्स क्लिनिङ, वाग्मती सफाइ महाअभियान र कोषको सहकार्यमा छ महिनादेखि पशुपति क्षेत्र सफाइ भइरहेको छ । सफाइसँगै ढुंगामा समेत पालिस लगाएर टल्काइएको कोषले जनाएको छ ।

सफाइमा कोषका कर्मचारी, नेपाली सेनाको कालीप्रसाद गण, नेपाल प्रहरीको पहरा गण, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण, खेम्स क्लिनिङ, मानवसेवा आश्रमलगायत संस्थाको संस्थागत सहभागिता थियो । सफाइमा पशुपतिमा पूजा एवं दर्शनका लागि आएका भक्तजन पनि सहभागी थिए । विसं २०४४ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन स्थापित कोषले बुधबार ३२ वार्षिकोत्सव मनाउँदैछ । रासस

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार