युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित


काठमाडौँ, ४ वैशाख । लैंगिक समानता तथा महिला सशक्तीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ ।

आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । सन् २०१० मा उक्त संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो । नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि एशिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएका छन् ।

त्यसैगरी विकासका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल आगामी तीन वर्षका लागि निर्वाचित भएको छ । उक्त आयोगमा एशिया–प्रशान्त क्षेत्रबाट नेपाल सहित चीन, थाइल्याण्ड र इरान निर्वाचित भएका छन् । उक्त पदका लागि गोप्य मतदान भएको ५४ सदस्यीय राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्मा नेपालले ५२ मत प्राप्त गरेको उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । रासस

 

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार