सम्भावित दुर्घटनाबाट जोगियो समिट एयरको जहाज

सरल संवाददाता

काठमाडौं । समिट एयरको जहाज सोमबार पौने ११ बजे लुक्ला एयरपोर्टमा ठुलो दुर्घटनाबाट जोगिएको छ ।

विश्वकै जोखिमयुक्त मध्ये पर्ने लुक्लाको एयरपोर्टमा अटोपाइलटिङ सिस्टमले पूरा काम नगरेपछि अनियन्त्रित भई धावमार्गको बीचमै हल्लिएको थियो । उक्त घटनामा कोही घाइते नभएको बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट १८ जना बोकेर लुक्लाको लागि उडेको लेट एल–४० ट्वीन इन्जीन जहाज रनवेमा ल्याण्डिङको क्रममा बायाँतिर चिप्लेको थियोे । रोकिएपछि जहाजको पछिल्लो भागले भुइँ छुँदै घस्रेपछि अघिल्लो भाग उचालिएको थियो । छोटो दुरीको उडानको लागि उपयुक्त हुने उक्त जहाज ल्याण्डिङको क्रममा पाङग्रा लक भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुरक्षा अधिकारीका अनुसार उक्त जहाजले ओभरलोड बोकेको कारण सन्तुलन कायम गर्न नसकेको हुनसक्छ । यस घटनाबारे छानविन हुने पनि जानकारी आएको छ ।  

 

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौँ, १० असोज । नेपालीहरूको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय

बाघको संख्या घट्नुको कारण खोज्दै निकुञ्ज

रत्ननगर, १० असोज । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ

तीन किलो सुनसहित पक्राउ

काठमाडौँ, १० असोज । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै

अस्पतालका फोहोर पानी प्रशोधन नगरी  सिधै ढलमा

काठमाडौँ, १० असोज । काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ