प्रदेश नं ३ को राजधानी हेटौँडामै राख्न कांग्रेस सभापतिको पहल 

हेटौँडा, ४ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन्। 

पूर्वप्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि अनुरोध गरे।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि आज नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरे। 

यसैबीच नेता देउवाले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको जनसहयोगमा निर्माण हुने शिव मन्दिरको आज शिलान्यास गरे। विभिन्न संघसंस्था र स्थानीय जनसहयोग गरी करीब ११ लाखको लागतमा मन्दिर बन्ने स्थानीय समाजसेवी माधव पराजुलीले जानकारी दिए। 

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार