बाम एकता: यसरी हुँदैछ सहमतिको प्रयाश

 काठमाडौं,४ वैशाख । एमाले–माओवादी पार्टी एकता  संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  जारी रहेको थाहा भएको छ । यी दुइ दलले यही वैशाख ९ मा एकता घोषणा गर्ने भनेपनि केही मूलभुत बिषयमा उनीहरुवीच सहमति जुट्न सकिरहेको छैन । एकता हुँदा संगठनमा भागबण्डा र जनयुध्द शव्द समावेश गर्ने बिषयमा उनीहरु आआफ्नो अडानमा छन् ।

यसैमा सहमति खोज्न यतिवेला प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित छलफल भैरहेको छ ।

हिजो सोमबार दुई पार्टीका अध्यक्षबीच यसबारेमा समाधान खोज्न छलफल भएको थियो । उनीहरुको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

केही समयदेखि एकता बिषयमा दुइ दलका नेतावीच घोचपेच र टिकाटिप्पणी पनि चलेको थियो । जसले गर्दा शीर्ष नेतृत्वमै संवादहीनता भएको    थियो ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।
 

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।