सकियो तीनदिने इलाम महोत्सव  

इलाम, ४ वैशाख । इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । 

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ वटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए । 

‘इलाम’ शीर्षक गीतको सार्वजनिकीकरण, ‘इलाम : हाम्रो गौरव’ झल्कने आतिसबाजी, इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर र माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । 

महोत्सवमा लिम्बू र लेप्चा जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिने उद्देश्यले सञ्चालित महोत्सवको ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको महोत्सव आयोजक उपसमितिका संयोजक नवराज शंकरले जानकारी दिए। 

भारतसँगको सुगौली सन्धिपछि नगरी गढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माईस्थानमा आएर बसेपछि इलाममा सदरमुकाम स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । 

त्यसैलाई आधार मानेर सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्षगाँठ मनाइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए। महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार उद्घाटन गरेका थिए। रासस

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार