सुन व्यवसायीको हत्यामा संलग्न थप दुई पक्राउ

सुरुङ्गा, झापा, ४ वैशाख । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । 

उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसअघि सुन व्यवसायी मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड–८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो । 

मुखियालाई व्यावसायिक रिसइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । 

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए । मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडकबाट करीब २० फिट तल जुटको बोराभित्र बेपत्ता बनेको नौ दिनपछि साजनको शव भेटिएको थियो । 

यसअघि पक्राउ परेका तीनजनालाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाएको छ । रासस

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार