कांग्रेसभित्र निष्ठा र नैतिकताको आन्दोलन आवश्यक 

पोखरा, ४ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टी पराजय भएकोे बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश कार्यसमिति– ४ द्वारा सोमबार आयोजना गरेको  पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीभित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी भएको बताए । 

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताउँदै पार्टीभित्र अनुशासन कायम राख्न अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने धारणा व्यक्त गरे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले काँग्रेस आन्तरिक रुपमा संगठन मजबुत गर्दै अघि बढ्नुको विकल्प नभएको बताए  । 

नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल पोखरेल, संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, संघका प्रदेश नं ४ समितिका अध्यक्ष शिव शर्मा अधिकारी, सदस्य सुरेश कुमार श्रेष्ठ, कास्की अध्यक्ष डार्विन लम्साल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रदेश नं ४ का प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, विन्दु थापा, संघका उपाध्यक्ष उत्तम कटुवाल र नेता राजेन्द्र बुढाथोकीलगायतले पार्टीको आन्तरिक अनुशासन सशक्त र सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

 प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड जाँदै

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली

 मर्यादाक्रम: लोक सेवापछि निर्वाचन आयोग पनि रिसायो 

काठमाडौं । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमप्रति असन्तुष्टी जनाएको छ । आयोगले यसमा राष्ट्रिय जीवनका विभिन्न

केसीको उपचार गर्न चिकित्सक टोली गठन

काठमाडौं, ४ माघ । शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा रहेका डा.गोबिन्द केसीको उपचारका लागि डाक्टर सुवास आचार्यको संयोजकत्वमा ८ सदस्यीय टोली गठन

 सवारीसाधनको प्रदूषण परीक्षण

काठमाडौं । सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ