पुर्णिमाको हत्यारा तामाङ पक्राउ

काठमाडौँ, ३ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ । 

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो । 

परिसरले आज पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ । 

परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका लिभिङ टुगेदरमा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। 

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस

 पचास रोपनी जग्गा दान

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।  सरसिउला भन्ने ठाउँमा

नूरप्रसादले इजलाशमा कुर्सीको झटारो हान्नुको यस्तो छ कारण

काठमाडौं, ९ असोज । आइतबार उच्च अदालत पाटनमा करिब डेढ बर्ष भन्दा बढि चलेको जग्गा सम्बन्धी मुद्दामा न्यायाधीशले सुरु अदालतको निर्णय नै सदर गर्ने निर्णय

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम, ९ असोज । प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित

 ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु

दमौली, ९ असोज । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ