नौ महिनामा सवारी दुर्घटनामा ९७ को मृत्यु

चितवन, ३ वैशाख । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । 

गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । 

यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार १०० सवारी साधन कारवाही गरेको छ । 

मादकपदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने मात्रै ५९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले दुई करोड २४ लाख ५१ हजार राजश्व संकलन गरेको छ । 

गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार २५० सवारी र मादकपदार्थ सेवन गरी सवारी चलाउने मात्रै एक हजार १८६ जनालाई कारवाही गर्दै दुई करोड ४५ लाख ६८ हजार ५०० राजश्व संकलन गरेको थियो । 

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमलाई पनि निरन्तर अघि बढाइ रहेको छ । 

चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति, संघसंस्थाको समन्वयमा ३१ भन्दा बढी कार्यक्रम गरेको जनाएको छ । यी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रमुख पन्तले बताए। रासस

नूरप्रसादले इजलाशमा कुर्सीको झटारो हान्नुको यस्तो छ कारण

काठमाडौं, ९ असोज । आइतबार उच्च अदालत पाटनमा करिब डेढ बर्ष भन्दा बढि चलेको जग्गा सम्बन्धी मुद्दामा न्यायाधीशले सुरु अदालतको निर्णय नै सदर गर्ने निर्णय

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम, ९ असोज । प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित

 ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु

दमौली, ९ असोज । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ

प्रधानमन्त्री ओली र क्यानेडियन प्रधानमन्त्रीबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न