नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

काठमाडौँ, ३ वैशाखः  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ ।

तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारेमा चर्चा हुने भएकाले नेपालको पर्यटकीय आकर्षणका बारेमा जानकारी गराई त्यहाँका टुर अपरेटर, ट्राभल एजेन्ट्स लगायतका पर्यटन व्यवसायीसँग बी टू बी छलफल गरिने नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताए।

नेपालका दश वटा ट्राभल तथा टुर कम्पनी, नेपाल पर्यटन बोर्डको सहभागिता रहने सो मेलामा नेपालले आफ्नो छुट्टै स्टलमार्फत नेपाली शैली, परम्परा र संस्कृति तथा समग्र नेपाल बारेमा खासगरी चिनियाँ पर्यटकको ध्यानाकर्षण गराउने नाट्टाका प्रेस संयोजक सुदर्शन नेपालले बताए ।

छिमेकी राष्ट्र चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सके सन् २०२० सम्म १५ लाख पर्यटक आगमनको लक्ष्य सजिलै पुग्ने बताउँदै अध्यक्ष पाण्डेले नेपालको सगरमाथा र लुम्बिनीका बारेमा पर्यटन मेलामा बढी जानकारी गराइने र चीनका सीमानाका खोल्न पहल गरिने उल्लेख गरे।
नाट्टाले सन् २००५ देखि चीनमा आयोजना हुने पर्यटन मेलामा भाग लिँदै आएको छ । रासस

अब विनाधितो सात प्रकारको सहुलियत कर्जा पाइने

काठमाडौं । सरकारले हरेक जात, जाति र समुदायको व्यावसायिकता प्रवद्र्धनका लागि सहुलियत व्याजदरका साथै विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । सरकारले

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको माग

युरोप तथा अमेरिका र क्यानडामा 'डग च्यु'का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको

 सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सहकार्य सम्झौता

काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस

खुलेन टिकट बुकिङ, दशैंको मुखमा यातायात व्यवसायीको स्वार्थी व्यवहार

काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात