शेयर कारोबारीलाई दलालबाट मुक्ति 

काठमाडौँ, २ वैशाख । नेपालमा पनि इन्टरनेटमार्फत शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास शुरु भएको छ । 

क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गरेका हुन्। यो प्रणाली प्रारम्भसँगै शेयर लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ । 

छिट्टै पूर्ण स्वचालित शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणाली नेपालको पुँजीबजारमा भित्रने प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । सो अवसरमा नेप्सका महाप्रबन्धक चन्द्रसिंह साउदले नेपाली पुँजीबजारको अपार सम्भावना रहेको बताए। 

इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतले प्राथमिक बजारको विकासमा हालसम्म उल्लेख्य काम भए पनि दोस्रो बजारको विकासमा आवश्यक ध्यान पुग्न नसकेको धारणा व्यक्त गरे। 

आयोजक संस्था क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिका प्रबन्ध निर्देशक प्रियराज रेग्मी र सञ्चालक शीतल कोइरालाले पुँजी बजारको विकासका लागि धितोपत्र दलाल व्यवसायीले नियमन निकाय र सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे। 

धितोपत्र बोर्डमा दर्तामा रहेका ब्रोकरको संख्या ५० रहेको छ । देशका विभिन्न शहरमा शाखा खोलेर उनीले सेवा प्रवाह गरिरहेका छन् । नेपालमा करिब रु १५ खर्बको बजार पुँजीकरण छ ।  जनसंख्याको पाँच प्रतिशतभन्दा थोरै व्यक्ति पुँजी बजारमा समाहित रहेको बताइएको छ । रासस 

अब विनाधितो सात प्रकारको सहुलियत कर्जा पाइने

काठमाडौं । सरकारले हरेक जात, जाति र समुदायको व्यावसायिकता प्रवद्र्धनका लागि सहुलियत व्याजदरका साथै विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । सरकारले

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको माग

युरोप तथा अमेरिका र क्यानडामा 'डग च्यु'का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको

 सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सहकार्य सम्झौता

काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस

खुलेन टिकट बुकिङ, दशैंको मुखमा यातायात व्यवसायीको स्वार्थी व्यवहार

काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात