मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

बर्दिवास, २ वैशाख  । बढ्दो गर्मी र लगातार बहँदो तातो हावा चलिरहेको अहिलेको मौसममा मिथिलामा आज जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइँदै छ । 

घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउँदै छन् । 

वैशाख संक्रान्तिअर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व शुरु गरिन्छ । पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । 

पर्वको दोस्रो दिनअर्थात् आज घर÷घरमा श्रेष्ठ सदस्यले घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना बदाम को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी कढी पकाएर खाइने परम्परा रहेको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक ध्रुव राय बताउँछन्।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल मिथिलावासी आज मध्याह्न साथीसंगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । 

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको साहित्यकार महेश्वर राय बताउँछन्। रासस

राष्ट्रकविलाई राष्ट्रपतिबाट जन्मदिनको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगेर

 अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

काठमाडौं ।  सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको

घरायसी लिखतका भरमा सरकारी जग्गा किनबेच

२०३९ सालमा झापाबाट इलाम–फिदिम–जोरपोखरीहुँदै ताप्लेजुङ जाने मेची राजमार्ग विस्तारको काम अघि बढ्यो । मोटरबाटो खुलेपछि धेरैले राजमार्ग

क्षमता  एघार हजारको, कैदीबन्दी बीस हजार

काठमाडौं । नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् ।  विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा