टेलिकमको नयाँ वर्ष अफर: सात हजारको अनलिमिटेड डाटा

  
काठमाडौँ, ३० चैत । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । 

उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको छ । 

अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम÷सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । 

जिएसएम÷सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ । 

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम÷सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । 

त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत रु २००मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु ३०० मा २५ जिबी डाटा र रु ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । 

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । 

त्यसैगरी रु तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 
 
 

कोटेश्वर–जडीबुटी सडकमा तिहारअघि बेलिब्रिज बन्ने 

काठमाडौं । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै

प्रहरीकै पोलिग्राफ टेष्ट सुरु, भेटिएला त हत्यारा बारे तथ्य ?

काठमाडौं, ८ साउन । कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको प्रारम्भीक अनुसन्धानमा संलग्न प्रहरीले

अवरुद्ध रहेको बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी, ८ असोज । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र

श्रम शोषण गर्दै चप्पल उद्योग

विराटनगर, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय