रोगले कुखुरा मर्दा खोर नै रित्तो,६० लाखको क्षति

चितवन, २८ चैत । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । 

रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिए। 

सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताए। चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको  थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताए। 

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताए। 

यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताए। चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिए। 

“हिजोसम्म अलि अलि थियो आजबाट एउटा पनि रहेन, खोर नै रित्तियो”, थापाले दुःख पोख्दै भने, “मेरो २० लाखभन्दा बढीको क्षति भयो ।” उनले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गरे। 

शुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरिएको छ । 

जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताए। रासस

अब विनाधितो सात प्रकारको सहुलियत कर्जा पाइने

काठमाडौं । सरकारले हरेक जात, जाति र समुदायको व्यावसायिकता प्रवद्र्धनका लागि सहुलियत व्याजदरका साथै विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । सरकारले

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको माग

युरोप तथा अमेरिका र क्यानडामा 'डग च्यु'का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको

 सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सहकार्य सम्झौता

काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस

खुलेन टिकट बुकिङ, दशैंको मुखमा यातायात व्यवसायीको स्वार्थी व्यवहार

काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात