डिपिएलः इलिमिनेटरमा महेन्द्रनगर विजयी

काठमाडौं । अत्तरियाका दिपेन्द्र सिंह ऐरी र विपीन चन्द्राले ५० रनको साझेदारी गरि १५ बलमा २४ रन चाहिने र ७ विकेट हातमा भएको मौकालाई जितमा परिवर्तन गर्न नसक्दा धनगढि प्रिमियर लिग (डिपिएल) को महत्वपूर्ण खेलमा महेन्द्रनगरसँग १५ रनको हार व्योहोर्नु प¥यो । 

टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले करण के.सी.को आक्रामक १३ बलमा २४ रन (३ चौका र १ छक्का) को मद्दतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो । आरिफ शेखले ५ चौका सहित ३७ बलमा सर्वाधिक ३५ रन बनाएका थिए भने पुनित मेहरा ले २९ बलमा २६ रन बनाएका थिए । ओपनर आसिफ शेखले ११ रन मात्र बनाउन सके ।

महेन्द्रनगरको स्कोर ३ रन मात्र हुँदा नै मुख्य ब्याटसम्यान तथा कप्तान विनोद भण्डारीको विकेट लिएर राम्रो सुरुवात गरेको अत्तरियाले अन्तिम ३ ओभरमा ३० रन खर्चिनु नै हारको कारण बन्यो । बलिङमा अत्तरियाका कमल सिंह ऐरीले ४ ओभरमा १६ रन दिंदै २ विकेट लिए । त्यसैगरी कृष्ण कार्की, शुभांकर उराव, विपीन चन्द्र, विनोद लामा र दिपेन्द्र सिंह ऐरी समान १/१ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको सिवाइसी अत्तरियाले कुनै समय ८.२ ओभरमा ५५/१ को स्थीतीबाट ५६/३ भइ फेरी सम्हालिएको इनिङलाई सफलतामा परिणत गर्न नसक्नाले क्वालिफायर २ मा स्थान बनाउने मौका गुमायो । अत्तरियाको लागि कप्तान सुवास खकुरेलले २५ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३० रन बनाए भने विपीन चन्द्र र दिपेन्द्र सिंह ऐरीले क्रमशः २८ र २७ रन बनाए । गौरव चितकाराले १४ रन बनाए पनि टोलीलाई खेल जिताउन पर्याप्त भएन । अत्तरियाले अन्तिम १५ बलमा ९ रन मात्र बनाउन सकेको थियो ।

कसिलो बलिङ गरेको महेन्द्रनगरको लागि प्लेयर अफ द म्याच रोवीन क्षेत्रीले ४ ओभरमा १६ रन दिंदै २ विकेट लिए भने भुवन कार्कीले १ विकेट   लिए । विकेट सबै ढाल्न नसकेपनि महेन्द्रनगरका बलरहरुले अनुशासित बलिङ गरेका थिए ।

यस खेलसँगैं अत्तरियाको यस प्रतियोगिताको यात्रा समाप्त भएको छ भने महेन्द्रनगरले क्वालिफायर २ मा काठमाडौं गोल्डेनसँग फाइनल स्थान बनाउनको लागि प्रतिस्पर्धा गर्ने छ । क्वालिफायर २ को खेल भोलि १२ः३० बजे दिउँसो हुने छ । 

युथ एसिया कप खेल्ने नेपाली टोली छानियो, शक्ति गौचन व्यवस्थापक नियुक्त

काठमाडौँ, १० असोज । यू–१९ एसिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ । बङ्गलादेशमा यही असोज १२ देखि

फेरियो ‘ए’ डिभिजन खेल तालिका 

काठमाडौं । पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ

सन्दीपको व्यवसायिक क्रिकेटको यात्रा अघि बढ्दै, टि–१० लिग पनि खेल्ने

काठमाडौं, ९ असोज । नेपाली स्टार स्पीनर सन्दीप लामिछानेले युएईमा आयोजना हुने टि–१० लिगको दोश्रो संस्करण खेल्ने भएका छन् । सोमबार भएको ड्राफ्टको

६ क्लबमा राष्ट्रिय खेलाडि, विमलले थ्रिस्टार र च्यासल मध्ये एक छान्ने

काठमाडौँ, ८ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका