विश्व कल्याणका लागि महायज्ञ शुरु

गौशाला, १९ चैत्र । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा आजदेखि विश्व कल्याणका लागि श्री सीताराम नाम जाप महायज्ञ शुरु भएको छ । 

जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा अवस्थित ठाणेश्वरनाथ महादेव मन्दिरको आयोजनामा यसै मन्दिरको प्रांगणमा आजदेखि १० दिन सम्मका लागि महायज्ञ शुरु भएको महायज्ञ समितिका अध्यक्ष नवीनकुमार नवलले बताए। 

विश्व कल्याणार्थ आरम्भ भएको यस महायज्ञ महन्थ श्री राजाराम दास महाराजले विशेष पूजाअर्चना गरेर शुरु गरेका छन् भने उनले नै दशौँ दिनमा सम्पन्न गराउनु हुनेछ । यस यज्ञमा यज्ञवेदी, हवनकुण्ड र रामनाप जाप संकीर्तनस्थल निर्माण गरी पूजाअर्चना र हवन शुरु भएको छ भने १० दिनसम्मका लागि अखण्ड राम नाम जाप संकीर्तनसमेत शुरु भएको महायज्ञ समिति अध्यक्ष नवलले बताए। 

साथै यस महायज्ञमा हरिद्वारको प्रवचन, अयोध्याको रामलीलासहित अन्य खेल तामाशासहित भारी मेलाको आयोजनासमेत गरिएको महायज्ञ समितिले जनाएको छ । रासस

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरिदै 

काठमाडौ २९ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  महिलाले आज बिहानै उठेर

आज कुशे औँशी अर्थात बाबुको मुख हेर्ने दिन 

काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश

निन्द्रा नलाग्ने समस्या हटाउन अचूक निशुल्क उपाय   

हामी सबैको प्रयास छ हाम्रो अनियन्त्रित मन नियन्त्रणमा आओस् । अस्थिर मन स्थिर होस्, हाम्रो मनलाई हामीले जसरी प्रयोग गर्न चाहुँ, त्यसैगरी प्रयोग होस्

‘मैले हप्तादिनमै यसरी मदिराबाट मुक्ति पाएँ’

म पनि उसैगरी जातले पाएको भनेर १६ वर्षको उमेरदेखि नै खूबै जाँड रक्सी सेवन गर्थें । पैसा भएसम्म महँगै ब्राण्डको रक्सी र मासुका थरीथरीका परिकार सित्तन