बैरागी काइँला र बिमललाई पुरस्कार

विराटनगर । बबरसिंह थापा सेवा गुठी विराटनगरले वरिष्ठ नेपाली साहित्यकार वैरागी काइँला र इलामका कवि विमल वैद्यलाई पुरस्कृत गर्ने भएको   छ । ५१ हजार राशीको देवकुमारी थापा स्मृति पुरस्कार २०७४ साहित्यकार वैरागी काइ“लालाई प्रदान गरिने भएको छ ।

यसैगरी २५ हजार राशी भएको २०७४ सालको बबरसिंह थापा स्मृति पुरस्कार इलामका कवि विमल वैद्यलाई प्रदान गरिने भएको छ । 

नेपाली कविता तथा संस्कृति विधामा लामो समयदेखि विशेष योगदान दिएकाले साहित्यकार काइँला र मोफसलमा रहेर तीन दशकभन्दा बढी समयदेखि कविता लेखनमा क्रियाशील रहेका वैद्यलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार २०७५ बैशाख ८ गते विराटनगरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ ।

वैरागी काइँलाका कविताहरु, महागुरु फाल्गुनन्दको उपदेश र सत्यहाङमा भजनमाला, साप्पोक चोमेन, नाहेन मुन्धुम, अन्धा मान्छे र हात्तीलगायत दर्जर्नौं पुस्तक प्रकाशित छन् ।

 ‘हितैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो’

‘असोज सात गते मेरो जन्मदिन । अब अन्ठानब्बे लाग्छु ।’ दुइ वर्ष अघिको भदौको पहिलो साता लैनचौरको कालधारास्थित निवासमा भेट हुँदा आफ्ना हातले मेरा हात

 को गएनन् राष्ट्रकविलाई शुभकामना दिन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् । लमजुङको पुस्तुन,

 इलाममा गीत शिविर हुँदै 

काठमाडौं । गीतकार सङ्घ नेपालले इलाममा गीत शिविर तथा बृहत् बिचार गोष्ठीको आयोजना गरी श्रष्टाहरुको जमघट गर्ने भएको छ । कवि तथा गीतकार बसन्त

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र