रुचिकर साहित्यको खडेरी परेको सर्जकहरुको चिन्ता

काठमाडौं, ११ चैत । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यान एकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् । साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यान आकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्ष शसक्त भएपनि उपन्यास लामो भएको तर्क गरे । उनले भने,‘उपन्यासको भाव उच्च भएपनि धेरै विषयबस्तु छुनकाले उपन्यास अलिक लामो भएको छ । जसका कारण पाठकलाई केहि समय अलमल जस्तो अनुभूति भएपनि आखिरमा पाठकको मन तानिरहन यो सफल हुनेछ ।’

साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्म तान्ने तागत रहेको बताए । सुवर्णलताभित्र मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई सुन्दर ढंगले लेखक केशरीले प्रस्तुत गर्नुभएको साहित्यकार ज्ञवालीको बुझाई छ । 

समालोचक राम लोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्नसक्ने कृति बनेको बताए । उनले भने,‘सुवर्णलतामा दुईवटा फरक कथा छ । एउटा पक्ष बर्तमान केन्द्रित छ भने अर्को बौद्धकालीन समयमा डुलेकोे छ । दुईवटा कृति समेत बन्नसक्ने कुरा एउटै कृतिमा समावेश हुनु पाठकको लागि फाइदाको कुरा हो ।’

कार्यक्रमा उपस्थित पाठकले उपन्यास अत्यन्त उत्कृष्ठ भन्दै उपन्यासमा लेखकले बौद्धकालिन समाज र बुद्धले पत्तालगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयं हिँड्दै गरेको अनुभूति हुने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित पाठक विजय मोक्तानका अनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयं नै अगाडि उभिएर प्रवचन दिईरहको अनुभूति हुनु लेखकको लेखकीय सफलता हो ।’

लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताएका थिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

 ‘हितैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो’

‘असोज सात गते मेरो जन्मदिन । अब अन्ठानब्बे लाग्छु ।’ दुइ वर्ष अघिको भदौको पहिलो साता लैनचौरको कालधारास्थित निवासमा भेट हुँदा आफ्ना हातले मेरा हात

 को गएनन् राष्ट्रकविलाई शुभकामना दिन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् । लमजुङको पुस्तुन,

 इलाममा गीत शिविर हुँदै 

काठमाडौं । गीतकार सङ्घ नेपालले इलाममा गीत शिविर तथा बृहत् बिचार गोष्ठीको आयोजना गरी श्रष्टाहरुको जमघट गर्ने भएको छ । कवि तथा गीतकार बसन्त

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र