लमजुङमा टेलिमेडिसिन सेवा परीक्षण 

 लमजुङ, ४ चैत । लमजुङको जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । 

आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । 

जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवालाई निरन्तरता दिने जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताए। 

जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा टेलिमेडिसिन सेवा परीक्षण गरिएको हो । परीक्षण सेवामा पहिलो दिन राष्ट्रिय बाथ रोग केन्द्र (नसिआरडी) का चिकित्सकले स्वास्थ्यकर्मीलाई बाथ रोगको बारेमा प्रशिक्षण गराएका थिए । 

मानिसको शरीर किन चिलाउँछ ? यस्तो छ वैज्ञानिक कारण

सम्भवत एउटा सामान्य अवस्थामा रहेको मानिसको शरीरको विभिन्न भागमा चिलाउनु सामान्य विषय हो । तर यो विषयमा निकै कम मानिसको मात्र ध्यान गएको पाइन्छ

मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

  काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य

नेपालमा असामयिक मृत्यु गराउने १० प्रमुख कारण

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको

तकिया र स्वास्थ्यको सम्बन्ध

काठमाडौं, १ जेठ । 'आफ्नै ओछ्यानमा सुतेको जस्तो अन्त सुतेको हुँदैन' भन्ने नेपाली उक्ती प्रचलित छ । धेरैले यसलाई डस्ना अथवा तन्नाको कारण त्यस्तो