कर्मचारी सरुवाको नीति उल्टाउँदै सरकार

काठमाडौं, ३ चैत । यो सरकारले अघिल्लो सरकारले कर्मचारी सरुवामा गरेको निर्णय उल्टाउँदै नयाँ कर्मचारी भर्ना नगर्ने नीति अख्तियार गर्ने भएको छ । यसबारेमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी भर्ना नगर्ने स्पष्ट गरेका छन् । उनले कर्मचारी नेताहरुसँग शनिबार भएको भेटमा निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने निर्देशन पनि दिए ।

आफूलाई वधाई दिन बालुवाटार गएका नेपाल निजामती कर्मचारी संगठनका नेताहरुसँग प्रधानमन्त्रीले भने ‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ,वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्ने भन्दै देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने बताए । उनले पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने स्पष्ट पारे। 

“देशको विकास गर्ने कुरामा अब ढिलाढाला गर्न सकिँदैन”–प्रधानमन्त्री ओलीले भने, “सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौँ ।” 

कर्मचारीको वृत्ति विकासका लागि पनि सेवा प्रवेश गर्दाको शर्त लागू हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । “नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने, प्रदेशमा सरुवा हुँदा फेरी संघमा आउन नपाइने भन्ने हुँदैन”–प्रधानमन्त्री ओलीले कर्मचारीलाई आश्वस्त पारे, “आवश्यकताको आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँ गयो त्यहीँ सीमित भएर बस्नु पर्दैन ।” 

कर्मचारी स्थायी सरकार भएकाले उसको सहयोग बिना कुनै पनि सरकारले छिटो छरितो ढंगले काम गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो । “हिजो कर्मचारीबाट पनि केही तलमाथि भयो होला”–प्रधानमन्त्री ओलीले भने, “हिजो देशको अवस्था पनि बिग्रिएको थियो । सरकारको नेतृत्व पनि बिग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यसकारण कर्मचारी पनि समयअनुसार चल्नु पर्दछ ।” 

प्रधानमन्त्री ओलीले कर्मचारीलाई विकासमुखी, जनमुखी, सेवामुखी र सुशासनमुखी भएर काम गर्न निर्देशन दिए।  
 

राष्ट्रकविलाई राष्ट्रपतिबाट जन्मदिनको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगेर

 अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

काठमाडौं ।  सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको

घरायसी लिखतका भरमा सरकारी जग्गा किनबेच

२०३९ सालमा झापाबाट इलाम–फिदिम–जोरपोखरीहुँदै ताप्लेजुङ जाने मेची राजमार्ग विस्तारको काम अघि बढ्यो । मोटरबाटो खुलेपछि धेरैले राजमार्ग

क्षमता  एघार हजारको, कैदीबन्दी बीस हजार

काठमाडौं । नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् ।  विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा