‘मण्डेला’ काण्डले योगेशको मन्त्री खायो

काठमाडौ, ३ चैत ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मन्त्री बनाउन भनेर सार्वजनिक सभामा नाम घोषणा गरेका सचिव योगेश भट्टराई शुक्रबारको बिस्तारमा अटाउन सकेनन् । धेरैले पहिलो चरणमा नै उनी मन्त्री बन्ने अनुमान गरेका थिए। तर पार्टी भित्रको राजनीतिमा  उनी साँंचो कुरा बोल्दा बिवादमा परे। उनलाई मन्त्री हुनबाट रोक्नका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लहकार विष्णु रिमालको हात रहेको बताइएको छ। 
  अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा त्याग गरेर मण्डेला बन्न  फेस बुक मार्फत भट्टराईले सुझाव दिएपछि रिमालले फेसबुक मार्फतनै कडा जवाफ दिएका थिए। त्यसैबेला देखि भट्टराई र रिमालबीच चीसो शुरु भएको बताईएको छ।  यहि चीसोका कारण भट्टराईको मन्त्री पद अडकिएको स्रोतले बतायो। 
एमालेका एक नेताका अनुसार  पार्टीको स्थायी समितिको बैठकमा अष्टलक्ष्मी शाक्य, ठाकुर गैरे , घनश्याम भुसाल माथि अन्याय भएको भन्दै जोडदार आवाज उठाएपछि अध्यक्ष ओली भट्टराईसंग नेगेटिभ बन्दै गएका हुन्। 
तर एमालेका एक नेताले भने अवको  विस्तारमा योगेश पर्ने बताए । उनका अनुसार त्यहि भएर गोकुल बाँस्कोटालाई संचार राज्यमन्त्री मात्र बनाईएको हो । ती नेताका अनुसार योगेशलाई माधव नेपाल  समूहमा कडा भएर नलाग्न चेतावनी दिनका लागि तड्पाएर मात्र मन्त्री दिन लागेका हुन। ती नेताका अनुसार अर्को विस्तारमा उनलाई संचार मन्त्री दिन लागेका छन्। भट्टराई निकट स्रोतका अनुसार उनी भने अव दिएको मन्त्री स्वीकार नगर्ने मनस्थितिमा रहेको बताईएको छ। 

योगेश र जगन्नाथको भाग यसरी खोसियो

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका

यस्तो छ प्रधानमन्त्री ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

‘देउवाको फेरी सभापति बन्ने सपना महाधिवेशनले टुंग्याउँछ’

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै ?

गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा पुनः नेपाल आउने भएका छन् । भारतीय