विहे गर्न नमानेपछि युवतीको अनुहारमा तातो घ्यु

विवाहको प्रस्ताव अस्वीकार गरेपछि कञ्चनपुरमा एक युवतीमाथि क्रुर हमला भएको छ। आँखामा निर्धात कुटपिट गर्नुका साथै टाउको र मुखमा तातो घ्यू प्रहार गरिएको छ। 

भीमदत्त नगरपालिका १० गड्डाचौकीका राकेश चन्दले भीमदत्त नगरपालिका–५ बनगाउँ भगवती टोलीकी २१ बर्षीय सुनिता चन्द(सोनी)को टाउको र आँखामा तातो घ्यू प्रहार गरिदिएका हुन।

तातो घ्यू मुखमा परेपछि उनी सख्त घाइते भएकी छिन्। उनको बिहान महेन्द्रनगर आँखा अस्पतालमा उपचार हुन नसकेपछि गेटा आँखा अस्पताल रेफर गरिएको थियो। बुधबार पूजा गर्नका लागि घरमै घ्यू तताइरहेकी सुनिता चन्दमाथि राकेशले कुटपिट गर्नुका साथै तातो घ्यू मुखमा फालेर भागेको घर परिवारले जनाएको छ। 

पीडित युवतीका दाजु शंकर चन्दले सुनितालाई राकेशले विवाहका लागि दबाब दिन पटक पटक घरमै आउने गरेको बताए। ‘सुनितासंग विवाह गर्छु भन्दै राकेश पटक पटक हाम्रो घर आउँथे,’ उनले भने, ‘वै परिवारको नजिकको नाता पर्ने भएकाले बिहे नहुने हुने थिएन्।’ 

पीडित युवतीका दाजु शंकरले गेटा आँखा अस्पतालमा उपचारपछि सुनितालाई घर ल्याईएको बताए। ‘बहिनीको दुवै आँखा अझै खुलेको छैन्, ‘उनले भने, ‘औषधिले केही सन्चो भएको छ। अस्पतालमा नियमित उपचार गनुुपर्ने देखिएको छ।’ घरपरिवारले दोषी उपर कडा कारबाहीको माग गरेका छन्। पीडित युवतीका आमा जयन्ती चन्दले आफूमाथि पनि कुटपिट गरेको गुनासो गरिन्। ‘जसरी मेरो छोरीमाथि प्रहार गरियो’, उनले भनिन्, ‘ठिक त्यसैगरी दोषीलाई सजाय हुनुपर्छ।’ 

राकेशले पटक पटक आफूसंग विवाह गर्नुपर्ने भन्दै छोरीमाथि कुटपिट गर्ने गरेको बताउँदै यसअघि जिल्ला प्रहरी कार्यालयबाट मिलापत्र गरिएको समेत बताए। ‘तीन महिनाअघि पनि राकेशले छोरीलाई कुटेका थिए’, आमा जयन्तीले भनिन्, ‘अब उपरान्त कुटपिट नगर्ने बचन दिएका थिए, फेरि आएर कुटे।’ राकेश विवाहित युवक हुन्। 

महेन्द्रनगरको कञ्चन विद्या कलेजमा अध्ययनरत सुनिता अहिले घरमै बसेकी थिइन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठीले घटनाको प्रहरीले गम्भिर अध्ययन गरिरहेको बताए। उनका अनुसार अभियुक्तको खोजी भइरहेको छ। राकेशमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर हुने कञ्चनपुर प्रहरीले जनाएको छ। युवतीमाथि अमानवीय क्रुर तरिकाले कुटपिट गरिएको भन्दै घटनाको सर्वत्र बिरोध भइरहेको छ।  नागरिक दैनिकबाट ।

द्वन्द्वका दोषीलाई सजाय नहुने

सत्यनिरुपण विधेयक घटना स्वीकार गरे ज्यान मार्नेदेखि बलात्कारसम्ममा जेल जानु नपर्ने प्रस्ताव काठमाडौ,१० माघ । द्वन्द्वकालका मानव अधिकार उल्लंघन

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ । मैले त सरकारमा भएको अनुभूति गर्न सकेको छुइनँ’– हरिबहादुर चुमान गण्डकी प्रदेश ‘केन्द्रले

मौसमी फ्लुको सङ्क्रमण बढ्दै 

काठमाडौ,१० माघ । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का,

सरकारका प्रवक्ता एंव सञ्‍चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौ,१० माघ । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा दायर भएको छ ।