प्रधानमन्त्रीले भने-'न्यायालय भकभक उम्लिरहेको छ' 

काठमाडौँ, ३० फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका कटुताले एमालेसँगको एकता नभाँडिने बताएका छन् । बुधबार बिहान राष्ट्रपति निर्वाचनमा मतदान गरेका सबैका लागि प्रधानमन्त्री निवासमा आयोजित चियापानमा दाहालले कसैले विगतका तिक्तता कोट्याएर कसैले एमाले माओवादी वीचका एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी गरे।
 
त्यही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनसक्ने बताए ।
सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा एमालेका अध्यक्ष ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताए। 

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उनले भने —“वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।” 

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गरे । 

उनले भने– “अहिले न्यायालय भकभक उम्ली रहेको छ, न्याय पाउँ भन्ने मान्छे तमासा हरेर पुर्पुरोमा हात लाएर बसिरहेका छन्, जिम्मेवार पदका बारेमा जन्म मिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुःखद् अवस्था हो ।” 

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधँै तत्पर रहेको प्रष्ट पारे। 

  
 

 

 पचास रोपनी जग्गा दान

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।  सरसिउला भन्ने ठाउँमा

नूरप्रसादले इजलाशमा कुर्सीको झटारो हान्नुको यस्तो छ कारण

काठमाडौं, ९ असोज । आइतबार उच्च अदालत पाटनमा करिब डेढ बर्ष भन्दा बढि चलेको जग्गा सम्बन्धी मुद्दामा न्यायाधीशले सुरु अदालतको निर्णय नै सदर गर्ने निर्णय

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम, ९ असोज । प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित

 ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु

दमौली, ९ असोज । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ