राष्ट्रपति नपाएपछि झलनाथ घरबाट निस्कन छाडे, माधव नेपाल अचानक 'तटस्थ'

काठमाडौं,३० फागुन । एमालेका केही नेता हिजोआज ‘लञ्च र डिनर पोलिटिक्स’ मा व्यस्त छन् । पार्टी एकता हुँदैछ । नेताहरू सबै आ–आफ्नो पोजिशन सुरक्षित गर्ने वा नयाँ भूमिका तय गर्ने कुरामा चिन्तित पनि छन् । गुटका समीकरण भित्रभित्रै फेरिँदैछन् । यस्तो भएपछि एकजना ‘लो–प्रोफाइल’ नेताले घरैमा हालै एउटा भोट भेट गरी आफ्नो पीडा बिर्सेर नेताका लागि बोलिरहे ।

अवसरबाट सधैँका पीडित बेदुराम भुषाललाई अहिले चिन्ता आफ्नो हैन नेताको छ । उनै बेदुराम, जो हालैको राष्ट्रियसभा निर्वाचनमा प्रदेश ३ बाट माओवादी नेता रामबहादुर थापा (बादल) को जित सुनिश्चित गर्ने नाममा उम्मेदवारीबाट पन्छाइए, लाई पार्टी अध्यक्ष पक्षधर केही नेताले घरमा खान बोलाए । उपमहासचिव विष्णु पौडेलसहितका नेता सरिक उक्त भेट कसैले आफ्नो दुनो सोझ्याउन हैन, पार्टीमा ‘परिपक्व नेतृत्व’ स्थापित गर्नका निम्ति आयोजना गरेका रहेछन् । खाना खाँदै उनलाई भनियो ‘केपी कमरेडले अब अध्यक्षमा दोहोरिन्नँ भनिसक्नुभएको छ । वामदेवबाट पार लाग्दैन । जेएन कमरेडबाट त झन् हुँदै हुँदैन । त्यसैले अब माधव कमरेडको पालो त हो नि ।’

अहिले चर्चा गर्न थालिएको छ– राष्ट्रपतिको उम्मेदवार चयनदेखि पार्टीका हरेक पछिल्ला मामिलामा माधवलाई तटस्थ किन   राखियो ? कुन खिचडी पाक्दैछ ? नेताहरूले भनेका रहेछन्– पार्टीको लाइन जबजलाई छाडिन्न । अध्यक्ष प्रचण्डलाई बनाइन्न । तर परिस्थिति बिल्कुल भिन्न छ । 

नेता झलनाथ खनाल अचेल घरबाट हत्तपत्त निस्कँदैनन् । राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुअघि केही युवा नेतालाई घरमै बोलाएर ‘तपाईंहरूले अलिक जोड गर्नुप¥यो’ भनेका उनले हिजोआज ती ‘युवा’ लाई पनि त्यति वास्ता गरेका छैनन् । अलिक भूमिका खेलिदेलान् भनिएका ठाकुर गैरे पाल्पा गएर बसेका छन् । नजिकै बसोबास रहेका जीवनराम पुग्छन्, आफूलाई राज्यमन्त्री बनाउनेबाहेकको कुरा गर्दैनन् ।

यसैबीच, आजको जनआस्था साप्ताहिकका अनुसार, राष्ट्रपति छान्न बालुवाटारमा आयोजित स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष तथा प्रम केपी ओलीले उपेन्द्र यादवसँग फोरमलाई दुई क्याबिनेट र एक राज्यमन्त्री दिने गरी सहमतिमा पुग्न लागिएको बताएका छन् । उनीहरूले उपसभामुख पनि मागिरहेको, महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउनुपर्ने अवस्था आइलाग्न खोजेको जानकारी दिँदै ओलीले प्रचण्डलाई ‘फोरम भए पुग्छ, राजपालाई सरकारमा नल्याऔँ’ भनेको समेत स्मरण गराए । 

माओवादीहरूले राजपालाई सरकारमा ल्याउने कुरा ‘आउनेलाई लाज, ल्याउनेलाई पनि लाज ।’ भनेकोमा मधेशी नेताहरूले चित्त दुखाएका छन् । अनिलकुमार झा, महेन्द्र यादव, शरत्सिंह भण्डारीहरू सरकारमा जान आतुर छन् । तर, माओवादीहरू उनीहरूलाई सरकारमा ल्याइसकेपछि ‘भ्यागुताको धार्नी, कता लगेर थुपार्ने’ को अवस्था आउने भन्दै एमालेलाई यतातिर धेरै नलाग्न भनिरहेका छन् ।

हुन पनि, अहिले सबै मधेसकेन्द्रित दल सत्तापक्ष भइसके । संविधान संशोधनबारे वामगठबन्धनले उपेन्द्र यादवसँग सम्झौतामा हस्ताक्षर गरिसकेको छैन । राजपालाई फेस सेभिङको चिन्ता छ । उनीहरू भन्दैछन्, ‘हामीलाई पनि त्यही सम्झौतामा राखेर हस्ताक्षर गराए हुन्थ्यो ।’ उपेन्द्रसँगको सम्झौता जे कुरामा हुन्छ, राजपाले त्योभन्दा बढी माग्न सक्दैन, मागे पनि पाउने अवस्था छैन । आखिरमा गर्नुपर्ने सहमति त एउटै हो । बेग्लाबेग्लै वा फोरमसँग मात्रै सहमति गरे आफूले उठाएको मधेसको मुद्धा पनि कमजोर हुन्छ ।

सरकारलाई समर्थन गरिसकेपछि प्रतिपक्षमा बस्न मिलेन । त्यसमाथि भारतले वामपन्थी एक्लैलाई सरकार बनाउन नदेऊ भनिरहेको अवस्था छ । राजेन्द्र महतोहरूको भनाइ छ– ‘महन्थजीलाई उपराष्ट्रपति पनि नदिए दिन मिल्ने पद अरु छैन । उमेर र स्वास्थ्यको कारण लामो समय सक्रिय राजनीतिमा रहने र मन्त्री खान जाने अवस्थै रहेन ।’
 

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।