रहेनन् चर्चित वैज्ञानिक हकिन्स

काठमाडौं,३० फागुन । विश्व चर्चित वैज्ञानिक स्टीफन हकिंसको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान क्याम्ब्रिजस्थित घरमै निधन भएको परिवारले जनाएको छ । उनी यस्तो रोगबाट पिडित थिए जसले गर्दा उनी आफै हिडडुल गर्न सक्दैनथे । शारिरीक अशक्तताका बाबजुद उनले विज्ञानको क्षेत्रमा निकै ठूला अध्ययन अनुसन्धान गरेका थिए । उनले सापेक्षता, ब्ल्याक होल र बिग ब्याङ सिद्धान्त बुझ्नका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

स्टीफनको जीवनका महत्वपूर्ण घटना

सन १९४२ जनवरी ८ मा उनको जन्म बेलायतको अक्फोर्डमा भएको थियो । सन १९५९ मा उनी नेचुरल साइन्स अध्ययनका लागि अक्फोर्ड विश्वविद्यालय गएका थिए । त्यसपछि पिएचडी गर्नका लागि उनी क्याम्ब्रिज गएका थिए । सन १९६३ मा उनी मोटर न्यूरनबाट पिडित भएका थिए । त्यतिबेला उनी दुई वर्षसम्म बाच्न सक्छन् भन्ने अनुमान गरिएको थियो । सन १९८८ मा उनको किताब ए ब्रिफ हिस्ट्र अप टाइम प्रकाशित भएको थियो । यो एक करोड भन्दा बढी बिक्री भएको थियो । सन २०१४ मा उनको जीवनमा आधारित दि थ्योरी अफ एभ्रिथिंक चलचित्र बन्यो जसमा एडी रेलम्यानले उनको भूमिका निर्वाह गरेका छन् ।  उनले वैज्ञानिक र विज्ञानका क्षेत्रसँग सम्बन्धित कैयाँै चर्चित पुस्तक लेखेका छन् । जसमध्य ए ब्रिफ हिस्ट्री अफ टाइम निकै चर्चित बन्यो । उनका छोरा छोरी लुसी, रोवर्ट र टिमले आफ्नो बाबुको निधन भएको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन् । उनीहरुले स्टीफनलाई क्षमतावान वैज्ञानिक र असाधारण मानिस भन्दै आगामी कैयाँै वर्षसम्म पनि उनको कामका कारण जीवतै रहने बताएका छन् । 

ब्रह्माण्ड बुझ्न महत्वपूर्ण भूमिका 

सधै ह्लि चियरको सहयोगले काम गर्ने स्टीफनले शारीरिक क्षमतालाई पछाडी छोड्दै इच्छा शक्ति भएमा मानिसले जे पनि गर्न सक्छ भन्ने पुष्टि गरेका थिए । उनले  आफ्नो अनुसन्धानका बारेमा भनेका थिए, ‘मलाई सबैभन्दा धेरै खुसी यस कुरामा छ कि मैले ब्रह्माण्डलाई बुझन आफ्नो भूमिका निर्वाह गरेँ, यसको रहस्य मानिसहरुलाई जानकारी गराएँ र यसबारेमा गरिएका अनुसन्धानमा आफ्नो योगदान दिन पाउँ, मलाई गर्व महसुस हुन्छ जब मानिसहरुको भिडले मेरो काम जान्न चाहन्छ ।’  बीबीसी समाचारबाट 

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार