विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाडौ, फागुन २९

 विद्या भण्डारी दोस्रो कार्याकालका लागि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्।  सत्तारुढ दल नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएकी भण्डारीले मंगलबार भएको राष्ट्रपति निर्वाचनमा ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेर विजयी भएकी हुन् ।

 भण्डारीकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी छिन् । मंगलबार बिहान  बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म चलेको निर्वाचनमा कुल ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो। संघीय संसद तथा  प्रदेशसभा सांसदले मतदान गर्न पाउने निर्वाचनमा एक जना संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ तोकिएको थियो । 

राष्ट्रपति भण्डारी  स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। नेकपा एमालेमा सकृय राजनीति गरेकी भण्डारीले नेपाल सरकारको जनसंख्या तथा वातावरण र रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छिन् । उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले बर्ष २०१६का शक्तिशाली महिलाहरु मध्ये ५२औं स्थानमा सूचिकृत गरेको थियो ।

भोजपुर क्याम्पसमा आइ.ए.अध्ययनसँगै २०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित हुदै सक्रिय राजनीतिमा लागेकी भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा निर्वाचित भएकी थिइन ।  

करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष समेत थिइन । २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी एमालेको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । । 

 राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क गए 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ

 गोपालदास पत्रकारिता पुरस्कार घिमिरेलाई

काठमाडौं । गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भएका छन् । प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा

 भारतीय अभिनेत्री जया प्रदा नेपालकी सद्भावना दूत

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । संस्कृति, पर्यटन

 फ्रान्समा तातो हावाले एक हजार ५०० को ज्यान गयो 

पेरिस । अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये अधिकांश जेष्ठ