एमालेभित्र अनुशासनहिनता बढेको निष्कर्ष

 काठमाडौं, २९ फागुन । एमालेले पार्टीभित्र दण्डहिनता र अनुशासनहिनता बढेको निष्कर्ष सहित त्यसलाई नियन्त्रण गर्न नेतृत्वको ध्यानकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको सो पार्टीको अनुशासन आयोगको बैठकले यस्तो निष्कर्ष निकालेको हो। लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकहरु राम्ररी नभएको, पार्टी कमिटीहरु प्राय निस्क्रिय रहेको, पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको,पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको, गलत कार्यउपर छानविन नगरी दण्डहिनता मौलाइरहेको वर्तमान स्थितिप्रति आयोगले पार्टीको ध्यानाकर्षण गरेको थाहा भएको छ ।

त्यसैगरी तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरु, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यहरुको यथासमयमा छानविन भई कारवाही हुनुपर्नेमा अनेकौं बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको छ’ । बैठक पछि अनुसासन आयोगका अध्यक्ष अमृत बोहोराले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ। 

 केही समयदेखि देशका विभिन्न भागमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटनाहरु     बढिरहेकोमा त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकोमा बैठकले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गरेको छ ।

‘वर्गीय र सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटीहरु, अनेमसंघ, युवा संघ लगायत पार्टीका जनसंगठनहरु तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार किन उदासिन निस्क्रिय र मूकदर्शक बनिरहेका छन्, गम्भीर चासोको विषय बनेको छ । कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट बिमुख बन्दै गरेको संकेत त होइन भन्दै बैठक पार्टी नेतृत्वप्रति यस्ता विषयहरुमा सचेत हुन गम्भीर ध्यानाकर्षण गर्दछ ’  बैठक  पछि जारी बिज्ञप्तिमा उल्लेख छ। 
 

कांग्रेको विधान संशोधनमा तल्लो तहको पनि सुझाव लिईंदै (सुझाव लिन जाने नेताको नामावली)

 ललितपुर । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ

जोशी विरुध्द महाअभियोग: \'गणितीय आधारमा न्यायालय तर्साउने नियत\'

काठमाडौं ।  संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपछि न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा काम गरिरहेका दीपकराज जोशीविरुद्ध

छलफल नै नगरी कानून ल्याउँदा मुलुक समस्याः महन्थ ठाकुर

पर्सा, ५ असोज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा आवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी

 नयाँ अख्तियार प्रमुखको वाचा-\'भ्रष्टाचार विरुध्द प्रभावकारी परिणाम निकाल्छु\'

काठमाडौं । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ