बंगला विमान थाई एयरवेजसँग ठोक्किनबाट जोगिएको थियो

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यूएस बंगला विमानले अवतरण गर्ने बेलमा नै  ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताएका छन् । ‘जहाज ल्याण्ड गर्ने बेलामा विमानस्थलको टावर छेउबाटै आयो। झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्व पट्टीको बार भत्काई खाल्डोमा गएर खस्यो,’ उनले भने, ‘आग्नी नियन्त्रक एलर्ट भएकोले आर्मी प्रहरी सबै मिलेर चाँडै उद्धार र नियन्त्रण भयो। जुन स्थितिमा आगो बलेको मैले देखेको थिएँ, त्यो स्थिति अझै १० मिनेट रहेको भए अझै भयावह स्थिति हुने थियो।’

बंगला विमान पार्किङमा रहेको थाई एयरवेज विमानको पुछार पट्टीको भागमा ठक्कर हुनबाट जोगिएको थियो। विमानस्थलका अधिकारीहरुका अनुसार थाइमा ठोकिएको भए अझै क्षतिहुने स्थिति थियो। ‘नाइन नटिकल माइल’ आइसकेपछि जहाजलाई साउथ (जिरो टू)बाट ल्याण्ड गर्ने अनुमति दिँदा खेरी पाइलटले उत्तर (टू जिरो) तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेको उनले बताए।

‘उत्तरतिर लागिसकेपछि टावर कन्ट्रोलरले फेरी तपाईं (पाइलट)लाई केही समस्या छ र भनेर सोध्नुभयो। पाइलटले केही समस्या नभएको जनाए। तर विमान उत्तर गएर ल्याण्ड गर्नुपर्नेमा उत्तर पूर्व गएर दुई फन्को लगाउनुभयो,’ उनले भने, ‘टावरले तपाईंले किन ल्याण्ड गर्नुभएन? तपाईंलाई ठीक छ भनेर सोध्नुभयो। पाइलटले म ठीक छु ल्याण्ड गर्दैछु भनेर जवाफ दिनुभयो। ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ मिलेको थिएन। कन्ट्रोलरले ल्याण्ड गर्ने बेला एलाइन्मेन्ट मिलेको छैन भन्दा पाइलटले रेन्सपोन्स गर्नुभएन। त्यसपछि जहाज रनवेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा रनवेबाट दाइनेतिर (आर्मीको ह्यांगरतर्फ) टावरको छेउबाटै आयो।’ कान्तिपुर दैनिकबाट ।

सांसद बन्न वामदेवको मरिहत्ते किन?

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत

१५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको

आफ्नै बाबुले ११ वर्षिया छोरी बलात्कार गरी गर्भपतन गराएपछि

सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी

निर्मलाको बलात्कार र हत्यापछि प्रदेश ७ मा थप २८ बलात्कृत

कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना