झापा गोल्डकपको उपाधि आर्मीको हातमा 

झापा, २८ फागुन । झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । 


घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो । 

उपाधिसँगै त्रिभुवन आर्मीले रु १२ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र हात परेको छ । 

पहिलो हाफ गोलरहित वरावारी रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट कर्ण लिम्बूले गरेको प्रहार गोलमा परिणत भएपछि घरेलु टोली झापाले अग्रता लिएको थियो । 

त्यस्तै खेलको ७९ औँ मिनेटमा आर्मीका तर्फबाट भरत खवासले गोल फर्काउँदै खेल बराबर पारेका थिए । दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका थिए । 

निर्धारित समयमा अन्य गोल हुन नसकेपछि १५ मिनेट अतिरिक्त समय थप भएको थियो । थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइवेकरमा पुगेको थियो । 

टाइवेकरमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०–१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८–७ ले बाजी मारेको हो । झापाका गोल रक्षक किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो । 

उपविजेता झापा ११ ले रु छ लाख नगदसहित ट्रफी हात परेको छ । 

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे। 

प्रतियोगितामा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त गरे । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेनडर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए । उनीहरूले जनही रु ३१ हजार नगद प्राप्त गरे । रासस

त्यस्तै झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै रु ५१ हजार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए । 

अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड पुनः सलाहलाई

काठमाडौ,२९ मंसिर । अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड दोस्रो पटक पनि मोहमद सलाहले जितेका छन् । इजिप्ट र इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले

 केभिन ओ ब्रायनले जिताए काठमाडौंलाई, पोखरा ५ विकेटले पराजित

काठमाडौं, २८ मंसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा काठमाडौं किंग्स ११ ले पोखरा राइनोजलाई ५ विकेटले हराएको छ ।  टस जितेर

नेपालमा हुने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, २८ मंसिर । नेपालमा हुने पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज गरिएको छ । प्रतियोगिता फागुन २८ देखि चैत

खेल मिलेमतोलाई अपराधको दर्जा दिलाउने प्रयासमा आईसीसी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले क्रिकेट खेल्ने राष्ट्रहरुको सरकारलाई खेलमा मिलेमतो (फिक्सीङ) कार्यलाई अपराधको दर्जा दिन