बैरागी काईँलाले चितामा मफलर चढाएपछि

  साहित्यकार इन्द्रबहादुर राईको अन्त्येष्टिमा सरिक  भएर फर्केपछि इलामबाट कवि बिमल वैद्यले सरल पत्रिकाको लागि लेखेको संस्मरण–  

 नौ दशक लामो सक्रिय जीवनलाई सिर्जनात्मक र बौद्धिक लेखनमा समर्पण गरेर आयामेली लेखन आन्दोलनका प्रबर्तक तथा लिला लेखनका सूत्रधार इन्द्रबहादुर राईले गत बुधबार आफ्नो जीवन बिशर्जन गरे ।

   उसो त राईलाई स्वर्गीय भनेर नमान्नेहरूको जमात ठूलो छ। साहित्यकार राजन मुकारूङ – ‘उहाँले शरीर मात्र छोड्नु भएको   हो । लेखनबाट सिर्जित उहाँका कृतीहरू युगौसम्म बाँचिरहने छन’् भन्नुहुन्छ। दार्जि्लिङका साहित्यकार डा. जीवन नाम्दुङ यसै कुरालाई समर्थन गर्दै  ‘डा. इन्द्रबहादुर  हाम्रो मियो हुनुहुन्थ्यो , उहाँलाई पढेर हामी लेख्थयौं’ भन्नुहुन्छ।

    गएको बुधबार राईको शरीर नरहे पछि दार्जि्लिङको ट्याक्सी स्ट्याण्ड मुन्तिरको लोचन नगरस्थित निवासमा अकस्मात भिड बढ्न थाल्यो । डा. राई प्रति समवेदना दिन जम्मा हुनेहरू सवै भावुक देखिन्थे । साहित्य लेखनमा लम्बाई , चौडाइ मात्र भएर पुग्दैन गहिराई पनि हुनु पर्दछ भन्ने आयामेली लेखनको निचोड साथै लेखनमा सम्पुर्णता जरूरी हुनु पर्दछ भन्ने बिचार जन्माउने तीन महारथी मध्ये ईश्वर बल्लभ धेरै अघि नै बितिसक्नु भएको हो । ईन्द्र बहादुर राईको यो महाप्रस्थान पछि अब बैरागी काँइलाले थाम्नु पर्ने भएको छ आयामेली नाम ।

 तर बैरागी काँईला भन्दै हुनुहुन्थ्यो ‘घरको मूल खाँबो ढले पछि जस्तो हुन्छ , त्यस्तै भएका छांै । बिपत्तिमा छौं । के भन्ने , के बोल्ने , वाक्य हराएको छ । इन्द्रबहादुर दाइ हाम्रो मियो हुनुहुन्थ्यो ।’ काँइला पनि शुन्यता अनुभूत गरिरहनु भएको थियो । राई निवासमा स्वजनहरूको भिड उर्लिए पनि बैरागी काँईला एक्लो अनुभूति गरिरहे झंै लाग्थ्यो । मुर्दाहट्टीमा राईको पार्थिव शरीर रहेको चिता बल्न थाले पछि काँईलाले आफुले घाँटीमा बेरिरहेको मफलर फुकारेर बलिरहेको आगो माथि राखिदिनु भयो । उहाँको प्रतिकात्मक यो कार्यबाट सबै द्रवीभूत बने , सवैका आँखा रसाए ।

करिब १२ बजे दिउँसो उहाँको शवलाई बाकसमा बन्द गरेपछि साइरनयुक्त गाडीमा राखियो । गाडीको अघि साइरनयुक्त जोडी कारगेट मोटरसाइकल सहित शवलाई अघि बढाइयो र जि.डिएन एस. मैदानमा सार्वजनिक श्रद्धाञ्जलीका निम्ति सजाइएको खटमा उहाँको शव राखिएको थियो । शुभेच्छुक तथा देश भित्र र बाहिरका उपस्थित सवैले मौन धारण सहित फूल, माला र खदाले राईको अन्तिम बिदाई गरे ।

अहिलेका पुस्ताका कनिष्ठ मियो साहित्यकार मन प्रसाद सुब्बा पनि त्यहीं थिए तर उनको अनुहारमा पनि रौनकता भने थिएन । सुब्बा भन्दै थिए –‘इन्द्रबहादुर राईले तीन पुस्ताको प्रतिनिधित्व गर्नु भएको थियो। यस्तो क्षमता बिरलै मानिसहरूमा मात्र पाइन्छ। सामाजिक यथार्थबादी समयलाई लाई ‘रातभर हुरी चल्यो’ले प्रतिनिधित्व गरेको थियो भने आधुनिक युगलाई ‘कथास्था’ले उजेलेको थियो । अनि अहिलेको उत्तर आधुनिक समयको सापेक्षतामा ‘कठपुतली’को मन आयो । यस अर्थमा उहाँ महान स्रष्टा हो। हामीले गुमायौं, अफसोच छ।’ 

 उसो त डा. राईको निधनमा दार्जि्लिङभरी सार्वजनिक बिदा गरिएको थियो । पश्चिम बंगालका मुख्य मंत्री र जिटिए प्रमुखले उहाँको निधनमा गहिरो समबेदना समेत जनाएका थिए । 

प्रसिद्ध साहित्यकार राजेन्द्र भण्डारी इन्द्रबहादुर राईको अभावबाट निक्कै बिथोलिनु भएको पाइयो । भण्डारी भन्नुहुन्छ-‘यथार्थबादको खोजी नै इन्द्रबहादुर राईको ध्येय थियो । त्यसैले त यथार्थवाद देखि तेस्रो आयाम हुँदै लिला लेखन सम्म आइपुग्यो । उहाँले जे छुनुभयो त्यो सबै सुन बन्यो ।’ राई सरको निधन भन्नू  गाउँको डाँडामा रहेको ठूलो बटबृक्ष अचानक ढल्नु जस्तै हो साहित्यकार भण्डारी भन्नुहुन्छ ।

 सिलिगुडीका साहित्यकार मोहन ठकुरीलाई भने एउटै पश्चताप छ । इन्द्रबहादुर राईले आत्मकथा लेख्नु भएन । हामीले अनुरोध गरेको पनि हो । लेख्नु भएको भए त्यो बिचार र दर्शन हुने थियो र पछिल्लो पुस्ताको लागि बहुमुल्य ग्रन्थ बन्ने थियोे ।
 

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले